पोखराको लामाचौरमा आयोजित रक्तदान कार्यक्रममा ४३ युनिट रगत संकलन भएको छ ।
गण्डकी कलेज अफ ईन्जिनियरिङ्ग एण्ड साईन्सले आयोजना गरेको कार्यक्रमबाट ४३ युनिट संकलन भएको कार्यक्रम संयोजक रोजी आचार्यले जानकारी दिईन् । कार्यक्रमको कलेजका प्राचार्य विश्वयुधिर पौडेलले पहिलो रक्तदाता कलेजका स्नातक तह संयोजक ई. रञ्जन अधिकारीलाई ब्लड व्याग हस्तान्तरण गरी उद्घाटन गरेका थिए । ११ औ जिसिईएस आई टि एक्स्पोको पुर्व सन्ध्यामा कार्यक्रम आयोजना गरिएको कलेजले जनाएको छ । कार्यक्रममा बोल्दै प्राचार्य पौडेलले विज्ञान र प्रविधिले समेत रक्तदानलाई उत्कृष्ट कार्यका रुपमा परिभाषित गरेको बताए । उनले संस्थाले मानविय सेवाका क्षेत्रमा रक्तदान जस्तो महत्वपुर्ण कार्य गरेको भन्दै प्रशंसा गरे ।
कार्यक्रम संयोजक रोजी आचार्य, कलेजका सह प्राचार्य अशोक पराजुली, जिसिईएस आई टि क्लवका सचिव सुजनिता रिजाल, प्रादेशिक रक्त संचार केन्द्र, पोखराका प्राविधिक महेन्द्र केसी लगायतले पोखरामा रगतको अभाव रहेको बताउँदै, यस्ता कार्यक्रमलाई नियमित गर्न आग्रह गरे । कलेज र आइटी क्लवले नियमित रुपमा गर्दै आईरहेको आई टी एक्स्पोको ११ औं संस्करण यही असार ११ र १२ गते हुँदैंछ । कलेज परिसरमा हुने कार्यक्रममा विज्ञान र प्रविधिसँग सम्वन्धित बिभिन्न स्टल राखिने कलेजका ईञ्जिनियर दिनेश भण्डारीले जानकारी दिए ।
गतबर्ष आयोजित एक्स्पोमा पोखरा बाहिरका विद्यार्थी पनि सहभागी भई अवलोकन गरेको बताईएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, असार ८ कास्कीको मादी गाउँपालिकाले ६५ करोड बजेट ल्याएको छ…






