नेपाल परिवार नियोजन संघ कास्कीले यांैन तथा प्रजनन् स्वास्थ्य र परिवार नियोजनका सेवा बारे अभिमुखिकरण कार्यक्रम गरेको छ ।
कास्कीको माछापूच्छ्रे गाउँपालिका वडा नं ५ रिभानस्थित रिभान स्वास्थ्य चौकीमा आयोजित कार्यक्रममा महिला स्वास्थ्य स्वयंमसेविका र आमा समूहका अगुवाको सहभागिता रहेको थियो । कार्यक्रम शुभारम्भ गर्दै नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नवीन सिग्देलले महिला र किशोरकिशोरीका लागि यौंन तथा प्रजनन् स्वास्थ्य शिक्षा अति आवश्यक रहेको बताए ।
कार्यक्रममा नेपाल परिवार नियोजन संघ कास्कीका बरिष्ठ शाखा प्रवन्धक नव राज तिवारी, स्टार्फ नर्स अनुषा भुजेल र कर्मचारी सुरज चौधरीले सहजिकरण गरेका थिए । संघले कास्कीका विद्यालय तथा कलेजमा र्यौन तथा प्रजनन् स्वास्थ्य शिक्षा अभियान संचालन गरिरहेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नेपाल परिवार नियोजन संघ कास्कीले यांैन तथा प्रजनन् स्वास्थ्य र परिवार नियोजनका…






