प्रतिनिधिसभाको बैठक शनिबार बस्ने


     एभरेस्ट आवाज    
     असार १२ गते २०८३ मा प्रकाशित




प्रतिनिधिसभाको आजका लागि निर्धारित बैठक स्थगित भएको छ ।

सङ्घीय संसदका महासचिव पदमप्रसाद पाण्डेयद्वारा जारी सूचनामा बैठक यही असार १३ गते शनिबारका लागि सरेको जनाइएको छ । सभामुखले प्रतिनिधिसभाको नियमावली, २०८३ को नियम ६ को ३ बमोजिम आज दिउँसो १ बजेका लागि यसअघि सूचनामार्फत् तोकिएको बैठक पुनः सरेको हो । यसअघि यही असार ११ गतेका लागि बैठक पूर्व निर्धारित भएकामा पहिलो सूचनामार्फत् स्थगन भएको थियो ।

चितवनको भरतपुरको राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन लम्बिएका कारण बैठक सरेको आँकलन गरिएको छ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।