अन्तत: रास्वपाले सच्चायो केन्द्रीय सदस्यको सूची, पोखराकी पूजा बास्तोला केन्द्रीय समितिमा(सूची सहित)


     एभरेस्ट आवाज    
     असार १६ गते २०८३ मा प्रकाशित




सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचित केन्द्रीय सदस्यहरुको सुची सच्चाएको छ ।

चितवनमा सम्पन्न प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित भएको केन्द्रीय कार्यसमितिका सदस्यहरूमा बढी मत ल्याएर पनि केन्द्रीय सदस्यमा नपरेको भन्ने गुनासोलाई सम्बोधन गर्दै अद्यावधिक सूची सार्वजनिक गरेको हो। निर्वाचन आउोगका अध्यक्ष भुवन केसीको अध्यक्षामा रहेको समितिले यसअघि महाधिवेशनमा भएको निर्वाचनमा हराइएका पोखराकी पूजा बास्तोला र ध्रुव थापा मगरको नाम थपेर सुची प्रकाशित गरेको जनाईएको छ । सूची सच्याउने क्रममा आयोगले कृष्णमान श्रेष्ठ र सोम शर्माको नाम केन्द्रीय सदस्यबाट हटाएको छ ।

भूगोलतर्फभएको मतदानमा गण्डकी प्रदेशको मत परिणाममा पूजा बास्तोला निर्वाचित हुनुपर्नेमा सोम शर्मा हुन गएकोले प्राप्त मत परिणामको आवश्यक अध्ययन गरी बास्तोलालाई निर्वाचित घोषणा गर्ने निर्णय गरिएको र उम्मेदवारी दर्ता गर्दा पेश गरिएको कागजपत्र अध्ययन गर्दा ध्रुव निर्वाचित भएको देखिएको आयोगले जनाएको छ ।शर्मा बाग्लुङ २ बाट निर्वाचित सांसद हुन् ।यसैबिच रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले बुधबार शपथ लिने भएका छन् ।

महाधिवेशनमा निर्वाचित ६ पदाधिकारी र ९९ केन्द्रीय सदस्यहरूको शपथ बुधबार राखिएको महामन्त्री विपिन आचार्यले जानकारी दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।