यामाहा कम्पनीको ७१ औं बार्षिकोत्सवका अवसरमा पोखरामा आयोजित रक्तदानमा ५१ युनिट संकलन भएको छ ।
नेपाली ग्राहकहरूमाझ लोकप्रिय यामाहा मोटरसाइकल तथा स्कुटरहरूको पोखरास्थित आधिकारिक विक्रेता भि ए डब्लु इन्टरप्राइजेज प्रा. लिले आयोजना गरेको कार्यक्रममा २० जना पहिलो रक्तदातासहित ५१ जनाले रक्तदान गरेको कम्पनीका प्रबन्ध निर्देशक सरोज श्रेष्ठले जानकारी दिए । कार्यक्रममा प्रादेशिक रक्त संचार केन्द्र, पोखराका प्राविधिक महेन्द्र केसीले पहिलो रक्तदाता विद्या कायस्थलाई ब्लड व्याग हस्तान्तरण गरी कार्यक्रम शुभारम्भ गरिएको थियो । यामाहाको वार्षिकोत्सवको अवसरमा आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल रेडक्रस सोसाइटी, कास्कीको प्राविधिक सहयोगमा कार्यक्रम आयोजना गरिएको प्रबन्ध निर्देशक श्रेष्ठले बताए । ।
पोखरामा देखिएको रगतको अभावलाई केही मात्रामा न्युनिकरण गर्नको लागि र रक्तदानप्रतिको मानविय जागरण बढाउन पनि कार्यक्रम गरिएको उनको भनाई छ । कार्यक्रममा युवा उद्यमी मञ्चका अध्यक्ष सरोज कायस्थ, लायन्स क्लव अफ पोखरा मुनालका अध्यक्ष बाबुराम क्षेत्रीलगायतका प्रतिष्ठित उद्योगी, व्यवसायीको सहभागिता रहेको थियो ।
कम्पनीले व्यवसायिक उत्कृष्टतासँगै सामाजिक उत्तरदायित्वलाई पनि समान प्राथमिकतामा राख्दै समय–समयमा विभिन्न सामाजिक तथा जनहितका कार्यक्रम सञ्चालन गर्दै आएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, असार १७पोखरा१६ निवासी स्वर्गीय सोना रानाको १०औँ स्मृति दिवसका अवसरमा पोखरा…






