कास्कीलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन जिल्लाको रुपमा घोषणा गरिएको छ।
पूर्णखोप सुनिश्चितता निर्देशिका २०७१ बमोजिम सम्पूर्ण प्रक्रिया पूरा गरि बिहीवार जिल्ला समन्वय समिति कास्कीमा एक समारोहका बिच सो घोषणा गरिएको हो। यस अघि कास्कीका पाँचवटै पालिकाहरू पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा भएका थिए। उक्त अवसरमा जिल्ला समन्वय प्रमुख लिलाधर पौडेलले सो अभियानलाई सफल पार्न महत्त्वपूर्ण भुमिका निर्बाह गर्ने सबै पक्षहरूलाई आभार व्यक्त गर्दै सबै तहका जन प्रतिनिधिहरू र आम जनताको साथले नै अभियान सफल भएको बताए । स्वस्थ नागरिक नै भाबी नेपालको समृद्धिको मुख्य आधार भएको हुँदा अहिलेका बालबालिकाको स्वस्थ्य अबस्थाका लागि सुरक्षात्मक उपाय खोप नै प्रभाबकारी भएको उनले उल्लेख गरे ।
कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सचिव डा। युबानिधी बसौला ,मन्त्रालयका अतिरिक्त सचिब खिम बहादुर खड्का ,जि स स कास्कीका उप प्रमुख सरिता माल , जिल्ला खोप समन्वय समिति सदस्य सचिव मधुरजी ढकाल ,जिल्ला समन्वय अधिकारी नवराज बराल सहितले अभियान सफल बनाउन खेलेका भुमिकाको चर्चा गरेका थिए । आफ्नो भनाइ राख्नु भएको थियो। सो अवसरमा अभियान सफल पार्न महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने तथा सेवा अबकास प्राप्त गर्ने महिला स्वास्थ्य स्वयंसेबिकाहरूलाइ सम्मान समेत गरिएको थियो।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


प्रिन्सिपल एशोसिएसन अफ नेपालको समन्वयमा युनेस्को र काठमाडौँ विश्वविद्यालयको सहकार्यमा पोखरामा चारदिने…





