विन्ध्येश्वरी आदर्शमा अङ्ग्रेजी तथा नेपाली हस्तलेखन कार्यक्रम सम्पन्न


     एभरेस्ट आवाज    
     असार १८ गते २०८३ मा प्रकाशित




पोखरा–१, मोहरीया टोलस्थित विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा अङ्ग्रेजी तथा नेपाली हस्तलेखन कार्यक्रम सम्पन्न भएको छ ।

विद्यालय परिसरमा आयोजित कार्यक्रममा नेपाली हस्तलेखनतर्फ मा.वितहमा कक्षा ९ की छात्रा स्नेहा वि.क प्रथम, कक्षा १० की छात्रा एस्थर तामाङ द्वितीय र सोही कक्षाकी छात्रा प्रिस्किला तामाङ तृतीय भएका छन् । त्यस्तै आधारभुत सिनियर तर्फ कक्षा ७ की छात्रा अदिती तिमिल्सिना प्रथम, कक्षा ८ की छात्रा ओमेगा तामाङ द्वितीय र कक्षा ६ की छात्रा कृष्टिना थापामगर तृतीय भए। जुनियरतर्फ कक्षा ४ की छात्रा एञ्लिा थापा प्रथम, कक्षा ५ का छात्रा सौगात हमाल द्वितीय र सोही कक्षाकी छात्रा मौ भौमिक तृतीय भएका छन् भने जुनियर तर्फ नै कक्षा २ ‘क’ की छात्रा लियोसा के.सी. प्रथम, कक्षा ३ की छात्रा गरिमा चेपाङ द्वितीय र कक्षा २ ‘ख’ की छात्रा आशिका लामिछाने तृतीय भएका छन् ।

यसैगरी पूर्व प्राथमिक तहतर्फ कक्षा १ बाट डेविड नेपाली प्रथम, निरोसा पाइसा द्वितीय र युकी फगामी तृतीय, कक्षा यु.के.जीबाट अंशु दाहाल प्रथम, विविशन गुरुङ द्वितीय र सुवासना तामाङ तृतीय, कक्षा एल.के.जीबाट स्टेला मानन्धर प्रथम, इशान सुवेदी द्वितीय र सानिका थापामगर तृतीय भए । कक्षा नर्सरीबाट रियान्श वि.क प्रथम, रियाशा अधिकारी द्वितीय र साइरा सुनार तृतीय भएको अतिरिक्त क्रियाकलाप प्रमुख राजु बयलकोटीले जानकारी दिए । यसैगरी अङ्ग्रेजी हस्तलेखनतर्फ मा.वि तहमा कक्षा ९ की छात्रा उपासना रेग्मी प्रथम, सोही कक्षाकी छात्रा अंकिता पौडेल द्वितीय र कक्षा ९ कै छात्रा प्रिस्टिना रसाइली तृतीय भएका छन् । आधारभुत सिनियर तर्फ कक्षा ६ की छात्रा युनिका खनाल प्रथम, कक्षा ८ का छात्र रोनिक गुरुङ द्वितीय र कक्षा ६ का छात्र सनिश वि.क तृतीय भए । यस्तै आधारभुत जुनियर तर्फ कक्षा ४ की छात्रा विनिसा गिरी प्रथम, कक्षा ५ की छात्रा अनुस्का अधिकारी द्वितीय र सोही कक्षाकी छात्रा सनया बुद्धाचार्य तृतीय भएका छन् भने आधारभुत तह कै जुनियर तर्फ कक्षा ३ का छात्र सुगम पौडेल प्रथम, कक्षा २ ‘ख’ की छात्रा सनम बराली द्वितीय र सोही कक्षाकी छात्रा प्रितीकोना मोण्डल तृतीय भएका छन् । यसैगरी पूर्व प्राथमिक तहतर्फ कक्षा १ बाट निरोसा पाइजा प्रथम, मबेल थापामगर द्वितीय र लियोसन के.सी तृतीय, कक्षा यु.के.जीबाट परितोष पौडेल प्रथम, इमान थापाक्षेत्री द्वितीय र रियान मानन्धर तृतीय, कक्षा एल।के।जी।बाट मुन भौमिक प्रथम, एज्रा तामाङ द्वितीय र रोहित बराल तृतीय र कक्षा नर्सरीबाट रियान्श वि.क प्रथम, एरिक परियार द्वितीय र सासह नेपाली तृतीय भएका छन् ।

विजयी विद्यार्थीलाई विद्यालयका प्राचार्य कृष्णकुमार श्रेष्ठले पुरस्कार तथा प्रमाणपत्र वितरण गरे । कार्यक्रममा नेपाली शिक्षिका माया क्षेत्री र अङ्ग्रेजी शिक्षिका अनिता थापाले सहभागी विद्यार्थीको मुल्याङ्कन गरेका थिए । ‘‘गुणस्तरीय शिक्षा, अनुशासन र ज्ञान’’ भन्ने मूल लक्ष्यका साथ संचालित विद्यालयले विद्यार्थीको नेतृत्व, व्यक्तित्व र शैक्षिक विकासका लागि साप्ताहिक रुपमा बिभिन्न कार्यक्रम संचालन गर्दै आईरहेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।