सरकारले नयाँ मुख्यसचिवमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गरेको छ ।
प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा आज भएको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले सञ्चारकर्मीलाई जानकारी दिए ।मुख्यसचिव सुमनराज अर्याल यही असार २६ गतेदेखि अनिवार्य अवकाशमा जाँदै छन् । बैठकले काठमाडौं उपत्यका विकास प्राधिकरणको आयुक्तमा सुरज शाक्यलाई नियुक्त गरेको छ ।त्यस्तै गेटा अस्पताल कैलालीलाई सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको रूपमा सञ्चालन गर्न स्वीकृत प्रदान गर्ने निर्णय पनि गरेको प्रवक्ता पोखरेलले जानकारी दिए ।
बैठकले विदेशी शैक्षिक कार्यक्रम नियमन गर्न नियमावली २०८३ स्वीकृत गर्ने, शैक्षिक परामर्श भाषा शिक्षण तयारी कक्षा सञ्चालन र व्यवस्थापन नियमावली स्वीकृत गर्ने निर्णय गरेको छ । त्यस्तै कारागार नियमावली,मानवअधिकारसम्बन्धी छैठौँ राष्ट्रिय कार्ययोजना र भ्रष्टाचारविरुद्धको दोस्रो रणनीति स्वीकृत गर्ने पनि निर्णय गरेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, असार २४ गण्डकी प्रज्ञा प्रतिष्ठानले पहिलो कार्यकाल सकिएको झण्डै डेढ…






