नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ श्रीलङ्काको पाँचदिने भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका छन् ।
गत असार ३१ गते श्रीलङ्कामा आयोजित एसियाली संवाद कार्यक्रममा सहभागी हुन पुगेका प्रचण्ड आइतबार स्वदेश फर्किएका हुन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पार्टीका नेता तथा कार्यकर्ताले स्वागत गरेका थिए । भ्रमणका क्रममा उनले इन्टरनेशनल पिपुल्स एसेम्बलीद्वारा आयोजित ‘ह्यान्ड्स अफ एसिया’ अन्तरराष्ट्रिय सम्मेलनलाई प्रमुख वक्ताका रूपमा सम्बोधन गरेका थिए । संयोजक दाहालले विश्वव्यापी शक्ति सन्तुलनमा देखिएका परिवर्तन, साम्राज्यवाद र नवउदारवादका चुनौती, दक्षिण एसियाली जनआन्दोलनको अनुभव तथा २१औँ शताब्दीको समाजवादको राजनीतिक रूपरेखाबारे आफ्नो दृष्टिकोण प्रस्तुत गरेका थिए ।
भ्रमणका क्रममा संयोजक दाहालले त्यहाँका प्रमुख वामपन्थी राजनीतिक शक्तिसँग पनि उच्चस्तरीय भेटवार्ता गरेको जनाईएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेश समितिले संगठन विस्तारलाई तीव्र…





