राष्ट्रिय स्वतन्त्र पार्टीको बागलुङ जिल्ला कार्यसमिति बदर भएको छ ।
रास्वपाको निर्वाचन आयोगले ‘जिल्ला अधिवेशन कार्यविधि’मा तोकिएको प्रक्रिया पालना नगरी सम्पन्न भएको ठहर गर्दै सो जिल्ला समिति पूर्णरुपमा बदर गरेको हो । अधिवेशन सञ्चालनको प्रक्रियासम्बन्धी प्राप्त उजुरी, उपलब्ध तथ्य, प्रमाण तथा सम्बन्धित पक्षबाट प्राप्त स्पष्टीकरणको परीक्षण र अध्ययन गरी तोकिको प्रक्रिया पालना नगरी अधिवेशन सम्पन्न भएको निष्कर्ष निकालेको हो । बागलुङ जिल्ला अधिवशेन कार्यविधिअनुरुप पुनः सम्पन्न गर्ने, नयाँ जिल्ला अधिवशेनको मिति, समय, स्थान तथा निर्वाचन समिति गठनसम्बन्धी निर्णय सात दिनभित्र सार्वजनिक गर्ने निर्णय गरेको आयोगका प्रमुख भुवन केसीले जानकारी दिए ।
आयोगले कैलाली जिल्ला अधिवेशन विधिवत् रुपमा सम्पन्न भएको निष्कर्ष निकाल्दै उक्त कार्यसमितिलाई सदर गरेको छ । गत जेठ २४ गते कैलाली जिल्ला अधिवेशन भएको थियो । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, साउन ४ जेनजी आन्दोलनमा सिंहदरबारसँगै सर्वोच्च अदालत पनि जल्यो । भ्रष्टाचार,…





