वागमती प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ ।
दलका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूले संयुक्त रूपमा राजीनामा दिएसँगै बागमती प्रदेशको सरकार पनि अल्पमतमा परेको छ । मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसमक्ष एमालेका मन्त्रीहरुले सामूहिक राजनीनामा दिएका हुन् ।एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले मुख्यमन्त्री बानियाँलाई सम्बोधन गर्दै पठाएको पत्रमा नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम एमालेको निर्णय तथा वर्तमान राजनीतिक परिस्थितिलाई दृष्टिगत गर्दै सरकारमा सहभागी सबै मन्त्रीले आजकै मितिदेखि लागू हुने गरी संयुक्त रूपमा राजीनामा दिएको उल्लेख छ । साथै उक्त राजीनामा स्वीकार गरी आवश्यक संवैधानिक तथा कानुनी प्रक्रिया अगाडि बढाउन आग्रह गरिएको छ ।
मंगलबार केन्द्रको निर्देशन आएपछि एमालेका मन्त्रीहरूले सामूहिक रूपमा पदबाट राजीनामा दिएको नेता थपलियाले बताए । गत ३२ असारमा मन्त्रिपरिषद् बैठक सकेर काठमाडौं फर्किएका ती मन्त्रीहरू राजीनामा बुझाउनका लागि पाँच दिनपछि मंगलबार राति हेटौंडा पुगेका थिए ।बागमती प्रदेश सरकारमा एमालेका तर्फबाट बिन्दु श्रेष्ठ, डा। दिनेशचन्द्र देवकोटा, किरण थापा, भरतबहादुर केसी, मधुसूदन पौडेल र जयराम थापा मन्त्री थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, साउन ६ विवाहको उमेर १८ वर्षमा झार्न पोखरेलीहरुले सुझाव दिएका छन्…





