सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाएको ३ प्रतिशत समता कर पूर्णरूपमा छुट दिने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त शुल्क छुट दिने निर्णय गरेको प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए । चालू आर्थिक वर्षको बजेटमा घोषणा गरिएको समता कर साउन १ गतेदेखि कार्यान्वयनमा आएको थियो । चौतर्फी विरोधपछि प्रधानमन्त्री वालेन्द्र शाहले मंगलबार कर खारेजीको घोषणा गरेका थिए ।बैठकले मुगुका युवा गणेश नेपालीको आत्महत्या प्रकरणबारे छानबिन गर्न उच्च अदालतका पूर्वन्यायाधीश केशवप्रसाद बास्तोलाको संयोजकत्वमा न्यायिक समिति गठन समेत गरेको छ । समितिले घटनाको कारण र वास्तविकता पत्ता लगाएर सरकारलाई प्रतिवेदन बुझाउने छ ।
मिटरव्याजी पिडित र सरकारबिच भएको सहकतिलाई पनि बैठकले अनुमोदन गरेको छ । प्रवक्ता पोखरेलका अनुसार सम्झौतामा उल्लेख भएबमोजिम मिटरब्याजरसँग सम्बन्धित फर्जी लिखतहरू अवैध घोषणा गर्ने निर्णय समेत भएको छ । त्यस्तै विशेष अदालतको अध्यक्षमा उच्च दाङका न्यायाधीश वासुदेव आचार्य र श्रम अदालतको अध्यक्षमा उच्च अदालत सुर्खेतका दीपेन्द्र अधिकारीलाई तोकको मन्त्री पोखरेलले जानकारी दिए। बैठकले २०८५ साल भदौ मसान्तसम्मको लागि पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय नियमित हवाई उडानमा पार्किङ, ल्यान्डिङ तथा नेभिगेसन शुल्क पूर्ण रूपमा छुट दिने निर्णय समेत गरेको छ ।
सरकारले ग्राउन्ड ह्यान्डलिङ शुल्कमा ५० प्रतिशत छुट दिन स्वीकृति प्रदान गर्ने जनाएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, साउन ६ विवाहको उमेर १८ वर्षमा झार्न पोखरेलीहरुले सुझाव दिएका छन्…





