शिक्षामन्त्री सस्मित पोखरेल विरुद्ध काठमाण्डौंमा युवाहरुले प्रदर्शन गरेका छन् ।
त्रिभुवन विश्वविद्यालयको ६७ औँ वार्षिक दिवस कार्यक्रम स्थलबाहिर शिक्षामन्त्री पोख्रेलविरुद्ध युवाहरूले नाराबाजी गर्दै प्रदर्शन गरेका हुन्। शिक्षामन्त्री सहभागी हुन लागेको थाहा पाएपछि युवाहरुले कार्यक्रम स्थलबाहिर शिक्षामन्त्री पोख्रेललाई लक्षित गरी ‘नेपो बेबी मुर्दावाद’ लगायतका नारा लगाउँदै प्रदर्शनमा उत्रिएका थिए । स्वतन्त्र विद्यार्थी युनियन स्ववियु खारेज गरेको भन्दै असन्तुष्ट विद्यार्थीले मन्त्री पोखरेलविरुद्ध प्रदर्शन गरेका हुन्। प्रदर्शन गरिरहेका मध्ये पाँच जना युवालाई भने प्रहरीले नियन्त्रणमा लिएको छ। विश्वविद्यालय परिसरमा असहज परिस्थिति सिर्जना भएपछि प्रदर्शनरत विद्यार्थीलाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ।
उनीहरुले मेरिटोक्रेसी लागू गर्न, कुलपतिमा प्रधानमन्त्री र सहकुलपतिमा शिक्षामन्त्री हुने व्यवस्था खारेज गर्न तथा विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप बन्द गर्न माग गरेको प्लेकार्ड बोकेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, ७ साउन/ नेपाल पर्यटन बोर्डका नवनियुक्त बोर्ड सदस्य सदस्य सन्तोष पोखरेलले…





