नेपाल चिकित्सक संघले आह्वान गरेको आन्दोलनका कारण देशभरका अस्पतालको आकस्मिकबाहेकका सेवा ठप्प भएका छन् ।
नारायणी अस्पताल वीरगञ्जमा कार्यरत डा। प्रमोद राममाथि कुटपिट भएको घटनाको विरोधमा संघको आह्वानमा सरकारी, गैरसरकारी तथा निजी अस्पतालहरूमा सबै स्वास्थ्य सेवा स्थगित गरिएको हो ।ओपीडी सेवा बन्द गर्दा सर्वसाधारण उपचारबाट बन्चित भएका छन् । स्वास्थ्य जाँचका लागि अस्पताल पुगेका बिरामी र तिनका आफन्त ओपीडी टिकट नपाएर अलपत्र परेका छन् । अधिकांश अस्पतालका ओपीडी टिकट लिने ठाउँमा सेवा बन्दको सूचना टाँसिएको छ । स्वास्थ्य जस्तो अत्यावश्यक क्षेत्रमा सेवा बन्द हुँदा सर्वसाधारण मर्कामा परेका छन् ।
कास्कीमा पनि यहाँ संचालित सरकारी, सामुदायिक र निजी अस्पतालमा आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द भएका छन्। ओपीडीसहितका सेवा ठप्प हुँदा अस्पताल पुगेका हजारौँ विरामी मर्कामा परेका हुन् । नेपाल चिकित्सक संघ गण्डकीका अध्यक्ष डा.सुनिल शर्माले नेपाल चिकित्सक संघको केन्द्रीय निर्देशनअनुसार गण्डकी प्रदेशका चिकित्सकहरू आन्दोलनमा सहभागी भएको जानकारी दिए । आन्दोलनका कारण पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान , गण्डकी मेडिकल कलेज,नेपाल मणिपाल शिक्षण अस्पताल, चरक मेमोरियल अस्पताल, फिस्टेल अस्पताल, फेवा सिटी अस्पताल, मेट्रोसिटी अस्पताल, पद्मा श्री अस्पताल, सहारा अस्पताल, शिशुवा अस्पताल, पोखरा अस्पताल, पद्म नर्सिङ होम, मातृशिशु मितेरी अस्पताल, मेडी प्लस एण्ड ट्रमा सेन्टर लगायत अधिकांश सरकारी तथा निजी अस्पतालको ओपीडी सेवा पूर्ण रूपमा प्रभावित भएको संघको गण्डकी शाखाले जनाएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिहानैदेखि उपचारका लागि अस्पताल पुगेका वृद्धवृद्धा, दीर्घरोगी, गर्भवती महिला तथा छिमेकी जिल्लाबाट आएका बिरामीहरू सेवा नपाउँदा निरास हुदै घर फर्किनु परेको छ ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य सेवा कुनै पनि अवस्थामा अवरुद्ध हुन नदिन आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले मंगलबार विज्ञप्ति जारी गर्दै स्वास्थ्य सेवा अवरुद्ध नपार्न अपिल गरेका छन् । दोषीलाई कानुनी दायरामा ल्याउने प्रक्रिया जारी रहेको जनाउँदै उपचार सेवा निरन्तर सञ्चालन गर्न आग्रह गरेका छन् । स्वास्थ्य मन्त्री निशा मेहताले पनि घाइते चिकित्सकको स्वास्थ्य अवस्थाको जानकारी लिँदै दोषीमाथि कारबाहीको प्रक्रिया अघि बढाइएको र स्वास्थ्य सेवा सुचारु राख्न आवश्यक पहल भइरहेको बताएकी छिन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


लमजुङमा पहिरोमा परी एकै परिवारका दुईजनाको मृत्यु भएको छ । जिल्लाको मध्यनेपाल…





