दुई दिनपछि देशभरका स्वास्थ्य संस्था संचालनमा आएपछि सेवाग्राहीको भीड लागेको छ ।
चिकित्सकको आन्दोलनका कारण मंगलबार र बुधबार देशभरका सरकारी तथा निजि अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द भएको थियो ।नेपाल चिकित्सक संघ र सरकारबीच ५ बुँदे सहमति भएपछि डाक्टरहरुको देशव्यापी आन्दोलन फिर्ता भएसँगै सबै सेवा संचालनमा आएको हो । वीरगन्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सकमाथि भएको आक्रमणको विरोधमा चिकित्सकहरू आन्दोलित बनेका थिए। सरकार र संघबीच स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा ऐन, २०६६ को दफा २, ३ र १५ तथा मुलुकी अपराध संहिता, २०७४ का दफा २३२ र २३३ संशोधनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संसद् अधिवेशनमा संशोधन प्रस्ताव पेश गर्ने र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले आवश्यक समन्वय तथा सहजीकरण गर्ने सहमति भएको छ ।
सहमतिअनुसार सरकारले उपभोक्ता संरक्षण ऐन, २०७५ मा रहेका स्वास्थ्यसम्बन्धी प्रावधान संशोधनका लागि नेपाल चिकित्सक संघका प्रतिनिधि सम्मिलित समिति ७ दिनभित्र गठन गर्नेछ । साथै संघसँग यसअघि भएका सबै सहमति कार्यान्वयन अवस्थाबारे समीक्षा गर्न ३ दिनभित्र अर्को समिति गठन गरिनेछ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । अन्नपूर्ण गाउँपालिका–२ ढिकुरपोखरीस्थित माछापुच्छ्रे माध्यमिक विद्यालय तथा क्याम्पसमा आयोजित निःशुल्क…






