एक आपसमा एकता र सद्भाव कायम राख्न पुर्वराजा ज्ञानेन्द्र शाहको आग्रह(सन्देशसहित)


     एभरेस्ट आवाज    
     श्रावण १४ गते २०८३ मा प्रकाशित




पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुकका विभिन्न भागमा सामाजिक र धार्मिक सद्भाव खलबल्याउन खोजिएकोप्रति चिन्ता व्यक्त गरेका छन् ।

निर्मल निवासबाटजारी सन्देशमा उनले कोसी र तराइका विभिन्न भूभागमा जनजीवन नै अशान्त हुने गरी भएको घटना सुन्दा दुःख लागेको बताएका छन् । पुर्वराजा शाहले परम्परा देखि नै नेपालीहरूबीच एकता र मेलमिलाप रही आएको स्मरण गर्दै, यो बिशिष्ट परिस्थितीमा मेलमिलाप नै आजको प्रमुख आवश्यकता रहेको बताएका छन् । नेपाली समाजको बहुजातीय र बहुभाषिक विशिष्टताका साथै आ आफ्नो धर्म र संस्कृतिको सम्मान गर्ने परम्पराले नै विश्वमा नेपालको सम्मान रहेको उनको भनाइ छ। यो विशिष्ट गौरव र गरिमालाई कसैबाट पनि खलल पुर्‍याउने काम हुन नहुनेमा उनले जोड दिएका छन् ।

उनले सामाजिक सद्भाव कायम गरी राष्ट्रिय एकतालाई मजबुत बनाउनु सबै नेपालीको दायित्व भएकोमा जोड दिएका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।