आज दोस्रो राष्ट्रिय कोदो दिवस। नेपालमा आज विभिन्न कार्यक्रम गरी कोदो दिवस मनाइँदैछ।
सरकारले कोदोजन्य बालीको आयात रोक्न, उत्पादन तथा उत्पादकत्व बढाउने उद्देश्यले गते वर्षदेखि कोदो दिवस मनाउन सुरु गरेको हो। कोदोजन्य बालीले साना किसानको आयआर्जन बढाउन, खाद्य तथा पोषण सुरक्षाका लागि महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको छ। कोदो विसको अवसरमा यसवर्ष ‘कोदोबाली संरक्षण र प्रवर्द्धन, खाद्य तथा पोषण सुरक्षा संवर्द्धन’ तय गरिएको छ। यसैबिच कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले दोस्रो राष्ट्रिय कोदो दिवसको अवसरमा कोदोजन्य बालीको संरक्षण, उत्पादन र उपभोग वृद्धि गर्दै खाद्य तथा पोषण सुरक्षा सुदृढ बनाउन सबै सरोकारवालाले साझा प्रयास गर्नुपर्ने बताएकी छन्। उनले दोस्रो राष्ट्रिय कोदो दिवसले कोदोजन्य बालीको महत्वबारे जनचेतना अभिवृद्धि गर्दै उत्पादन र उपभोग बढाउन तथा खाद्य सुरक्षा र दिगो कृषि प्रणाली निर्माणमा प्रेरणा मिल्ने विश्वास व्यक्त गरेकी छन्।
दिवसका अवसरमा पोखरामा पनि कोदो महोत्सवको आयोजना गरिएको छ । पोखरा २२ कोदीमा महोत्सवको आयोजना भईरहेको छ ।पुम्दीभुम्दी कृषि सहकारी संस्था र पोखरा महानगरपालिकाको आयोजनामा भएको महोत्सवमा कोदाका बिभिन्न परिकारका साथै यसका उत्पादनका स्टल राखिएको छ । स्थानीय समुहले कोदो प्रर्वद्धन गर्ने खालका प्रस्तुति र भजन प्रस्तुत गरेका छन् ।कार्यक्रम वडा कार्यालय, वडास्तरीय कृषि संजाल र त्यहाँका बिभिन्न संघ संस्थाले समन्वय गरेका छन् ।
कोदो उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले पोखरा महानगरपालिकाले किसानका लागि प्रति किलोग्राम ९० रुपैयाँ समर्थन मूल्य समेत निर्धारण गरेको छ । महानगरका अनुसार हाल पोखरामा करिब ३ हजार ९५ हेक्टर क्षेत्रफलमा कोदो खेती हुँदै आएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


आज दोस्रो राष्ट्रिय कोदो दिवस। नेपालमा आज विभिन्न कार्यक्रम गरी कोदो दिवस…





