अडानको रक्तदानमा ५७ युनिट संकलन


     एभरेस्ट आवाज    
     श्रावण १६ गते २०८३ मा प्रकाशित




नेपाल अडिटर्स एशोसियसन (अडान) कास्कीको आयोजनामा भएको रत्तदानमा ५७ युनिट रगत संकलन भएको छ । संस्थाको वार्षिक कार्यक्रम अन्तरगत रत्तदान कार्यक्रम गरिएको हो ।

कार्यक्रमको शुभारम्भ गर्दै अडान नेपालका केन्द्रिय उपाध्यक्ष चन्द्र बहादुर सुबेदीले सेवा, सहयोग र समर्पणले मानवीय अभियानलाई सफल बनाउने धारणा राख्दै “रक्तदान जीवनदान हो“ भन्ने सन्देशलाई व्यवहारमा उतार्दै जानुपर्ने सुझाव दिए । सस्थाका अध्यक्ष गुणानिधि पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा उधोग बाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की,लेखनाथ उद्योग बाणिज्य संघका प्रथम उपाध्यक्ष बिक्रम कर्मचार्यले रक्तदानलाई सफल बनाउन आफ्नो अमूल्य रगत दान गरी मानव जीवन बचाउने महान कार्यमा सहभागी सवैले कल्याणको काम गरेको वताए ।

सस्थाका सचिव कृष्णप्रसाद ढुंगानाले कार्यक्रम संचालक गर्दै नेपाल अडिटर्स एशोसियसन (अडान) कास्कीले आगामी दिनमा पनि यस्ता सामाजिक तथा मानवीय सेवामूलक कार्यक्रमलाई निरन्तर दिदै जाने बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।