लयमा फर्कदैं तराई मधेस, कर्फ्यु र निषेधाज्ञा हटेपछि चहलपहल बढ्दै


     एभरेस्ट आवाज    
     श्रावण १८ गते २०८३ मा प्रकाशित




अशान्त मधेस प्रदेश तथा पुर्वी तराईमा क्रमशः चहलपहल बढ्दै गएको छ ।

सिरहाको गोलबजारमा गणेश यादवको मृत्यु भएपछि बिहीबारदेखि मधेस प्रदेश तनावग्रस्त बनेको थियो । गत शुक्रबार गृहमन्त्री सुधन गुरुङ र पीडित परिवारबीच लिखित सम्झौता भएपश्चात् मधेस प्रदेशमा लयमा फर्किन थालेको हो । धनुषा, सिरहा र सप्तरीका केही क्षेत्रमा स्थानीय प्रशासनले जारी गरेको कर्फ्यु तथा निषेधाज्ञा हटेको छ । उक्त स्थलमा यातायातका साधन सञ्चालन हुनाका साथै बजार सञ्चालनमा आएको छ । स्थानीय विनोद साहले यातायात सेवा सञ्चालनमा आएको र जनजीवन सामान्य बन्दै गएको बताए ।

सम्बन्धित जिल्लाका स्थानीय प्रशासनले अफवाहमा विश्वास नगर्न र सामाजिक सद्भाव कायम राख्न सबै पक्षलाई सूचना जारी गर्दै आग्रह गरेको छ ।सप्तरीको राजविराज र बोदेबर्साइन नगरपालिका क्षेत्रमा लगाईएको निषेधाज्ञा पूर्ण रूपमा हटाएको छ।जिल्ला प्रशासन कार्यालयले बिहान १० बजेदेखि पूर्ण रूपमा हटाएको हो । तर सुनसरीका देवानगञ्ज गाउँपालिका र हरिनगर गाउँपालिकामा भने निषेधाज्ञा जारी छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।