नेपाली कांग्रेसको संस्थापन इतरले गर्ने राष्ट्रिय भेलाको तयारीलाई तिब्र पारेको छ ।
यही साउन २९ देखि ३१ गतेसम्म काठमाण्डौंमा आयोजना हुने भेलामा प्रस्तुत गरिने प्रतिवेदनहरू लेखनका लागि नेताहरूलाई जिम्मेवारी तोकेको छ ।३ दिनसम्म चल्ने भेलामा पेस गरिने राजनीतिक प्रतिवेदन लेख्न नेता विमलेन्द्र निधिलाई संयोजक तोकिएको छ । यसैगरी सांगठनिक प्रतिवेदन लेख्ने जिम्मेवारी उमाकान्त चौधरीले पाएका छन् भने नेता एनपी साउदलाई समसामयिक विषयमा प्रतिवेदन लेख्ने जिम्मेवारी दिईएको छ । ईतर समुहले आर्थिक नीति प्रतिवेदन लेख्नेका लागि डा.प्रकाशशरण महत र कानुन तथा विधान लेखनको जिम्मेवारी रमेश लेखकलाई दिईएको नेता मीन विश्वकर्माले जानकारी दिए । ।प्रचार प्रसार समितिका संयोजक समेत रहेका नेता विश्वकर्माका अनुसार प्रतिवेदन लेखन कार्यदल ७ देखि ११ सदस्यीय गठन गरिएको छ ।समुहले भेला व्यवस्थापनका लागि पुर्व महामन्त्री डा.शशांक कोईरालाको संयोजकत्वमा समिति गठन गरेको छ ।
यसैबिच कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा भेला अगावै स्वदेश फर्कने तयारीमा रहेको स्रोतले जनाएको छ । उनी साउन २९ गते अगाडि नै नेपाल आउने देउवानिकट एक नेताले जानकारी दिए । उपचारका लागि हङकङमा रहेका देउवा २९ गते अगाडि नै नेपाल आउने उनका स्वकीय सचिव भानु देउवाले बताए । २९ गते अगावै भनिएपनि डेट फिक्स भइनसकेको उनको भनाई छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, २२ साउन — स्वास्थ्य सेवा पहुँचभन्दा बाहिर रहेका ज्येष्ठ नागरिकलाई लक्षित…






