पोखरा, २२ साउन — स्वास्थ्य सेवा पहुँचभन्दा बाहिर रहेका ज्येष्ठ नागरिकलाई लक्षित गर्दै लायन्स क्लब अफ पोखरा नेचुरल टाउनले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरबाट १५० भन्दा बढी नागरिक लाभान्वित भएका छन्।
पोखरा महानगरपालिका–३० शिशुवामा शिशुवा ज्येष्ठ नागरिक समाजको सहयोग तथा लाइफ केयर डाइनेष्टिसको प्राविधिक सहयोगमा सञ्चालन गरिएको शिविरमा बाथ, नसासम्बन्धी समस्या, मधुमेह, उच्च रक्तचापलगायत विभिन्न रोगको परीक्षण तथा स्वास्थ्य परामर्श प्रदान गरिएको थियो।
कार्यक्रम संयोजक एवं लायन्स क्लबका पूर्वअध्यक्ष सुन्दर शर्मा पौडेलले ज्येष्ठ नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गरिएको बताए। सामाजिक उत्तरदायित्वअन्तर्गत आवश्यक स्थानमा यस्ता सेवा निरन्तर सञ्चालन गरिने जानकारी दिए।
पोखरा महानगरपालिका–३० का वडाध्यक्ष दुर्गाप्रसाद सुवेदीले ज्येष्ठ नागरिकको शारीरिक स्वास्थ्यसँगै मानसिक स्वास्थ्यमा पनि उत्तिकै ध्यान दिनुपर्ने बताए। ज्येष्ठ नागरिकको सम्मान, स्वास्थ्य र सामाजिक सुरक्षाका लागि परिवार, समुदाय र स्थानीय तहबीच समन्वय र सहकार्य आवश्यक रहेको जानकारी दिए।
लायन्स क्लब अफ पोखरा नेचुरल टाउनकी अध्यक्ष समीक्षा तिमिल्सेनाले ज्येष्ठ नागरिकप्रति सम्मान र सेवा गर्नु सबैको सामाजिक दायित्व भएको बताइन्। ‘सेवा नै धर्म हो’ भन्ने भावनाअनुसार सामाजिक सेवाका कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने जानकारी दिइन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, २२ साउन — स्वास्थ्य सेवा पहुँचभन्दा बाहिर रहेका ज्येष्ठ नागरिकलाई लक्षित…






