लायन्स क्लव अफ साझा चौतारीद्धारा आयोजित रक्तदान कार्यक्रमममा ५५ युनिट रगत संकलन भएको छ ।
बर्षासंगै पोखरामा रगतको अभाव हुने संकेत देखिएपछि रक्त सञ्चार केन्द्रको प्राविधिक सहयोगमा कार्यक्रमको आयोजना गरिएको हो । लायन्स क्लव रक्तदान विभाग प्रमुख मिन वहादुर लामिछानेले कार्यक्रमको उद्घाटन गर्दै रक्तदान जीवनदान, जीवनदान महादान बाट प्रेरित लायन्स क्लवहरुले रक्तदान कार्यक्रमलाई महत्वपूर्ण योगदान गर्दै आएको बताए । पोखरा महानगरपालिका वडा नं. १७ वडाअध्यक्ष राधिका शाही योगीले रक्तदातालाई प्रमाणपत्र वितरण गर्दै रक्तदान जस्तो पुण्य कार्यमा युवा वर्गलाई प्रेरित गर्नुपर्ने आवश्यकता औल्याईन् ।
क्लवका अध्यक्ष सिता काफ्लेको अध्यक्षतामा भएको कार्यक्रममा सदाशिव हरिहर मन्दिरका अध्यक्ष नरेन्द्र शर्मा भण्डारी, लायन्स दुर्गा कुमारी आचार्य, लक्ष्मी शर्मा लगायतले रक्तदानको महत्व मार्थि जानकारी गराएका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, साउन २५ गण्डकी खेलकुद परिषद (गखेप)को पदक वितरणमा भएको अनियमितताको…






