पोखरामा हुने समर हाइकिङको पुर्व संन्ध्यामा पोखरा–९ स्थित फल्चा तथा अन्तर्राष्ट्रिय झण्डा पार्कमा सरसफाइ तथा पुष्परोपण गरिएको छ ।
सहारा एकेडेमीको सहयोगार्थ आउँदो शनिबार पोखरामा ‘समर हाइकिङ फर च्यारिटी–२०८३’ को आयोजना हुँदैंछ । सहारा क्लब पोखराको आयोजना तथा पोखरा महानगरपालिका–९ को समन्वयमा हुने हाइकिङको प्रचारप्रसारसँगै पर्यटकीय क्षेत्रको संरक्षण र सौन्दर्य अभिवृद्धि गर्ने उद्देश्यले सरसफाइ तथा पुष्परोपण गरिएको क्लवले जनाएको छ । कार्यक्रममा विभिन्न जातका एक सय भन्दा बढी फूलका बिरुवा रोप्नुका साथै फलफूल तथा अन्य रुखका बिरुवाको गोडमेल र पार्क तथा आसपासका क्षेत्रमा सरसफाइ गरिएको पोखरा महानगरपालिका वडा नम्बर ९ का अध्यक्ष दीपेन्द्र मर्सानीले बताए । सहारा क्लब पोखराका अध्यक्ष केशवबहादुर थापाले सूर्यबहादुर केसी स्मृति मेमोरियल सहारा फुटबल एकेडेमीको सञ्चालनमा सहयोग पु¥याउने उद्देश्यले च्यारिटी हाइकिङ आयोजना गर्न लागिएको बताए ।
सरसफाइ तथा पुष्परोपण कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर ९ का वडा सदस्य नन्दराम गिरी, लक्ष्मी पहारी, वडा कृषि सञ्जाल पोखरा–९ का अध्यक्ष विमला रानाभाट, सहारा क्लबका बरिष्ठ उपाध्यक्ष पूर्ण बहादुर गुरुङ, पूर्वअध्यक्ष विक्रम थकाली, वीरभद्र आचार्य लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागीलाई कार्यक्रम संयोजक बिनु राना मगरले धन्यवाद दिईन् । सहारा क्लब पोखराले लामो समयदेखि सहारा फुटबल एकेडेमी सञ्चालन गर्नुका साथै सामाजिक सेवाका विभिन्न गतिविधि र आहा ! रारा पोखरा गोल्डकप आयोजना गर्दै आएको छ । शनिबारको च्यारिटी हाइकिङले पोखराका पर्यटकीय तथा प्राकृतिक क्षेत्रको प्रवद्र्धन, स्वस्थ जीवनशैलीप्रति जनचेतना अभिवृद्धि र सामाजिक सेवामा नागरिकको सहभागिता बढाउने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।
एकेडेमीमा हाल १६ जिल्लाका ३० जना बालक आबद्ध भई फुटबल प्रशिक्षण लिइरहेका छन् । “स्वास्थ्य, पर्यटन र सामाजिक सेवाको सन्देशसहित आयोजना हुन लागेको हाइकिङमार्फत एकेडेमीका बालकहरूको प्रशिक्षण तथा आवासीय व्यवस्थापनमा सहयोग पु¥याउने उद्देश्य छ,” अध्यक्ष थापाले भने । हाइकिङ पोखरा–९ स्थित फल्चाबाट बिहान करिब ७ बजे सुरु भई पर्यटकीय क्षेत्र काहुँडाँडासम्म पुग्नेछ । हाइकिङमा सहभागी हुन प्रतिव्यक्ति १ हजार ५ सय रुपैयाँ शुल्क निर्धारण गरिएको छ । सहभागीलाई शुल्कमा टी–सर्ट, खाजा र खाना उपलब्ध गराइने आयोजकले जनाएको छ ।
कार्यक्रम संयोजक पूर्णबहादुर गुरुङका अनुसार हाइकिङका लागि हालसम्म करिब दुई सय जनाले नाम दर्ता गराइसकेका छन् । आयोजकले करिब तीन सय जनालाई सहभागी गराउने लक्ष्य राखेको छ ।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशालामा वृक्षारोपण गरिएको छ। कोने घोथाने घोण्डे…







