ब्रोडपिक हिमपहिरोमा ज्यान गुमाएका पर्वतारोहीको सम्झनामा दीप प्रज्वलन


     एभरेस्ट आवाज    
     श्रावण २६ गते २०८३ मा प्रकाशित




पोखरा, २७ साउन । लायन्स क्लब अफ पोखरा बाराही टाउनले ब्रोडपिक हिमपहिरोमा ज्यान गुमाएका पर्वतारोहीको सम्झनामा दीप प्रज्वलन गरेको छ।
लायन्स डिस्ट्रीक्ट ३२५ आई नेपालअन्तर्गतको क्लबले श्रावण महिनाको अन्तिम सोमबार पोखराको सहिदचोकमा दीप प्रज्वलन कार्यक्रम आयोजना गरेको हो।
क्लब अध्यक्ष लायन लक्ष्मी शाह न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रीक्ट ३२५ आई नेपालका पूर्व गभर्नर लायन विनोद ढुंगाना प्रमुख अतिथि थिए।
कार्यक्रममा डिस्ट्रीक्ट एसिस्टेन्ट चिफ एडभाइजर लायन शान्ति थापा, लायन सूर्यनारायण बराल, डिस्ट्रीक्ट चिफ कोर्डिनेटर लायन विष्णुप्रसाद ढुंगाना, डिस्ट्रीक्ट एक्जुकेटिभ लायन रोजी श्रेष्ठ, डिस्ट्रीक्ट एलका सिनियर लायन लिडर लायन अमृता बराल र डिस्ट्रीक्ट एमका रिजन चियरपर्सन लायन राजेन्द्र घिमिरेलगायतको उपस्थिति थियो।
कार्यक्रम संयोजक तथा क्लबका संस्थापक अध्यक्ष लायन रोजी श्रेष्ठले बाराही टाउनले हरेक वर्ष सहिद तथा दिवंगत व्यक्तिहरूको सम्झनामा विभिन्न स्थानमा दीप प्रज्वलन कार्यक्रम गर्दै आएको बताइन्।
प्रमुख अतिथि ढुंगानाले बाराही टाउन महिला क्लब भए पनि डिस्ट्रीक्टमा सामाजिक कार्यमार्फत उत्कृष्ट स्थान हासिल गर्दै आएको बताए। उनले आगामी दिनमा पनि यस्ता सामाजिक कार्यलाई निरन्तरता दिन शुभकामना दिए।
क्लब अध्यक्ष लक्ष्मी शाह न्यौपानेले बाराही टाउनको अध्यक्षको जिम्मेवारीमा रहेर समाजमा सत्कर्म गर्न पाउँदा आफू उत्साहित भएको बताइन्।
क्लब सचिव लायन लक्ष्मीदेवी शर्माले सञ्चालन गरेको कार्यक्रममा कोषाध्यक्ष लायन सावित्री पराजुलीले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।