पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश


     एभरेस्ट आवाज    
     श्रावण २९ गते २०८३ मा प्रकाशित




सर्वोच्च अदालतले जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन प्रहरीलाई आदेश दिएको छ ।

न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले उनलाई अदालतमा उपस्थित गराउन आदेश दिएको हो । पत्रकार श्रेष्ठका तर्फबाट उनकी श्रीमती सरस्वती श्रेष्ठले बिहीबार थुनामुक्त गर्न माग गर्दै बन्दीप्रत्यक्षीकरण रिट दायर गरेकी थिईन् । रिटमा बिनाआधार पक्राउ गरिएको भन्दै श्रेष्ठलाई थुनामुक्त गर्न माग गरिएको छ ।

बुधबार राति पत्रकार श्रेष्ठलाई पक्राउ गरिएको थियोे । काठमाडौँ जिल्ला अदालतले बिहीबार उहाँलाई प्रहरी हिरासतमा राख्न तीन दिनको अनुमति दिएको छ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।