मुक्तिनाथ मन्दिरमा भेटीको थुप्रो, ११ करोड ७६ लाख मौज्दात


     एभरेस्ट आवाज    
     श्रावण ३० गते २०८३ मा प्रकाशित




मुस्ताङको प्रसिद्ध तीर्थस्थल मुक्तिनाथमा भक्तजनले चढाएको भेटीको थुप्रो लागेको छ ।

गत असार मसान्तसम्ममा मन्दिरको आम्दानी सञ्चय गरिएको मुक्तिनाथ विकास समितिका पाँचवटा बैंक खातामा रु ११ करोड ७६ लाख ३३ हजार मौज्दात रहेको छ ।

समितिका व्यवस्थापक दिनेश भुसालका अनुसार कृषि विकास बैंकमा रु सात करोड १६ लाख ३२ हजार, सांग्रिला बैंकमा रु तीन करोड ९२ लाख ९५ हजार, प्रभु बैंकमा रु ५५ लाख ६४ हजार, नेपाल बैंकमा रु ११ लाख २३ हजार र माछापुच्छे« बैंकमा रु १७ हजार ५०० मौज्दात छ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।