गुफा क्षेत्र संरक्षण तथा सामुदायिक विकास संस्था, पोखराको अध्यक्षमा एकराज नेपाली चयन भएका छन् ।
संस्थाको शनिबार पोखरामा सम्पन्न छैंटौं अधिवेशनले नेपालीको अध्यक्षतामा १३ सदस्यीय समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा प्रेम तिमिल्सीना, सचिवमा ईश्वरी नेपाली, सहसचिवमा हरि बस्नेत र कोषध्यक्षमा सुनिल बस्नेत चयन भए । सदस्यहरुमा सुशान्त बस्नेत, अमर चर्मकार, नानी परियार र मनकला नेपाली छन् । बाँकी चार जना सदस्य समितिले मनोनित गर्ने अध्यक्ष नेपालीले जानकारी दिए । यसअघि अधिवेशनको उद्घाटन गर्दै पोखरा १६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सीनाले पोखरा प्राकृतिक र सांस्कृतिक सम्पदाले भरिपुर्ण रहेको बताउँदै, यस्ता सम्पतिको संरक्षणमा सबै पक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिए । उनले महेन्द्र गुफाको विकासका लागि प्रदेश सरकारले ठुलो सहयोग गरेको भन्दै, निर्मित संरचना संचालनका लागि पनि स्थानीय संघ संस्थाको समन्वय आवश्यक रहेको बताए । गण्डकीका जनस्वास्थ्य प्रमुख रमेशराज अधिकारीले यस क्षेत्रका सम्पदाको संरक्षण तथा प्रवद्र्धनमा संस्था क्रियाशील हुनुपर्नेमा जोड दिए ।
संस्थाका संस्थापक अध्यक्ष गोविन्दबहादुर बस्नेतले माथिल्लो पोखरा क्षेत्रमा रहेका सम्पदाको संरक्षण र विकासको हेतुले संस्था गठन भएको स्पष्ट पार्दै, यस क्षेत्रको पर्यटन विकासमा स्वयं पर्यटनसँग सम्वन्धित सरकारी तथा निजी संस्थाको ध्यान जान नसकेको गुनासो गरे । संस्थाका अध्यक्ष अनिल बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा स्वत स्फुर्त रुपमा सरसफाई अभियान चलाएका जेष्ठ नागरिक आईतसिंह तामाङलाई सम्मान गरिएको छ । उनलाई वडाध्यक्ष तिमिल्सीना र अध्यक्ष बस्नेतले सम्मान गरे ।

कार्यक्रममा वडा सदस्य मञ्जु बस्याल, नमुना क्लवका अध्यक्ष मिनबहादुर गुरुङ, मानव अधिकारका लागि एकल महिला समुहका अध्यक्ष दुर्गा केसी थापा, समाजसेवी कृष्णप्रसाद अधिकारी, सन्दीप थापा, पत्रकार यदुनाथ बञ्जरालगायतले महेन्द्र गुफा सौन्दर्यकरण अन्र्तगत निर्माण भएका संरचना संचालनका लागि ध्यानाकर्षण गराएका छन् ।
गण्डकी प्रदेश सरकारको करिब ८ करोड सहयोगमा त्यहाँ बिभिन्न संरचना निर्माण भएका छन् । निर्माण सम्पन्न भएको २ बर्ष बितिसक्दा पनि ति संरचना संचालनमा आउन नसकेकोप्रति सहभागीले असन्तुष्टि जनाएका थिए । उनीहरुले संरक्षणको अभावमा प्रदेश सरकारको लगानी खेर गएको र संरचना जीर्ण बन्नेतर्फ ध्यान दिन सुझाव दिएका छन् । संस्थाका उपाध्यक्ष एकराज नेपालीले स्वागत गरेको कार्यक्रमको संचालन सचिव प्रेम तिमिल्सीनाले गरेका थिए ।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, साउन ३० कास्कीको बिजयपुर खोलाले बगाएर दुई जना बालक बेपत्ता…





