पोखराको विजयपुर खोलामा दुई जना बालक बेपत्ता भएका छन् ।
वडा नम्बर २६ र १४ को सीमा सक्नेरीबाट खोला तर्ने क्रममा उनीहरु बेपत्ता भएका हुन् । वडा नम्बर २६ सक्नेरीस्थित भगवती हाईड्रोपावर नजिकै वडा नम्बर १४ बिजयबस्तीबाट विजयपुर खोला तर्ने क्रममा स्याङ्जा घर भइ पोखरा बस्ने १४ निक्सन राइ र ठेगाना नखुलेका १५ वर्षीय अमन राइ बेपत्ता भएको प्रहरीले जनाएको छ । उनीहरूको खोजी गर्न जनपद प्रहरी, सशत्र प्रहरीको टोली गोताखरसहित खट्टिएको जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रवक्ता डिएसपी वीरेन्द्रकुमार पासवानले जानकारी दिए ।उनीहरुलाई खोलाले बगाएको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
विजयपुर खोला बढेका कारण खोजिकार्यमा समस्या भएको छ । यद्यपी स्थानीय बासिन्दाको सहयोगमा खोजि कार्य भइरहेको प्रहरीले जनाएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, साउन ३० कास्कीको बिजयपुर खोलाले बगाएर दुई जना बालक बेपत्ता…





