शिक्षा ऐनबारे मन्त्रालयले थाल्यो प्रदेशगत छलफल, भदौं २ गते पोखरामा


     एभरेस्ट आवाज    
     श्रावण ३१ गते २०८३ मा प्रकाशित




शिक्षा तथा खेलकुद मन्त्रालयले प्रस्तावित शिक्षा ऐन निर्माणअघि प्रदेशगत छलफल थालेको छ।

सातै प्रदेशका शिक्षा क्षेत्रका सरोकारवालासँग प्रत्यक्ष संवाद गर्ने उद्देश्यअन्तर्गत पहिलो दिन शनिबार मन्त्रालयले कोसी प्रदेशको विराटनगरमा ‘शिक्षा संवाद’ कार्यक्रम सम्पन्न गरेको छ। गण्डकी प्रदेशस्तरीय छलफल भने भदौं २ गते पोखरामा आयोजना हुने भएको छ । पोखराको बाटुलेचौरस्थित विन्ध्यवासिनी माध्यमिक विद्यालयमा बिहान ११ बजेदेखि सुरु हुने प्रधानाध्यापक संघ नेपालले जनाएको छ । कार्यक्रममा शिक्षाविद् डा. विद्यानाथ कोइराला, शिक्षा अभियन्ता अभिषेक घिमिरे, प्रधानाध्यापक एसोसिएसन नेपालका अध्यक्ष सुदाम गौतम तथा शिक्षा मन्त्रालयका सहसचिव एवं विद्यालय शिक्षा महाशाखाका प्रमुख शिव सापकोटा लगायतको सहभागिता रहेने बताईएको छ । भेलाको सहजीकरण प्रधानाध्यापक एसोसिएसन नेपालले गरेको छ भने स्थानीय सहजीकरण विन्ध्यवासिनी मा.विले गरेको जनाईएको छ ।

भेलामा विद्यालय शिक्षक कर्मचारीका पेशागत समस्या र नीतिगत समाधानका विषयमा छलफल हुने प्रधानाध्यापक कृष्णप्रसाद आचार्यले जानकारी दिए ।अभियानअन्तर्गत सातै प्रदेशमा पुगेर शिक्षक, विद्यार्थी, प्रधानाध्यापक, अभिभावक, स्थानीय तह तथा शिक्षा क्षेत्रका अन्य सरोकारवालासँग प्रत्यक्ष संवाद गरिनेछ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।