भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा उद्धार तथा उपचारका लागि पोखरा महानगरपालिकाले टोली नै परिचालन गरेको छ ।
बाढी प्रभावित नागरिकको उद्धार, उपचार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले महानगरपालिकाले टोली परिचालन गरेको हो । टोलीमा पोखरा महानगरपालिकामा कार्यरत नगर प्रहरी र स्वास्थ्यकर्मी सहभागी छन् । नगर प्रमुख धनराज आचार्यका अनुसार विपद् तालिम प्राप्त नगर प्रहरी, आवश्यक उद्धार सामग्री, प्राथमिक उपचारका उपकरणसहितको एम्बुलेन्स र स्वास्थ्यकर्मीको टोली प्रभावित क्षेत्रमा पठाइएको हो । परिचालित टोलीका लागि आवश्यक सामग्री तथा सम्पूर्ण खर्च महानगरपालिकाले व्यवस्थापन गर्ने नगर प्रमुख आचार्यले बताए ।
यसैबीच, पोखरा महानगरपालिकाका सम्पूर्ण जनप्रतिनिधि तथा कर्मचारीहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरिएको छ । विपद्को कठिन अवस्थामा प्रभावित नागरिकको उद्धार, राहत तथा उपचारमा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रदान गर्न लागिएको नगर प्रमुख आचार्यले बताए । उनले विपद्को यस कठिन घडीमा पीडित नागरिकको साथमा पोखरा महानगरपालिका सदैव रहने समेत बताए ।
महानगरपालिकाले विपद्का कारण प्रभावित नागरिकको उद्धार, राहत र सहयोगमा स्थानीय तहको तर्फबाट आवश्यक सबै प्रकारको सहयोग निरन्तर उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नेपाल पत्रकार महासङ्घले रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीका कारण सम्पर्कविहीन रहेका पत्रकार…





