नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले विद्युत् महसुल नबुझाउने ग्राहकको लाइन काटेर दुई करोड दुई लाख ८३ हजार एक सय चार रुपैयाँ बक्यौता रकम असुल गरेको छ ।
गत आर्थिक बर्षमा रु दुई करोड ५७ लाख ८८ हजार दुई सय ८० विद्युत् महसुल उठ्न बाँकी रहेकामा महसुल बुझाएपछि सात सय ९४ ग्राहकको विद्युत् लाइन पुनः जडान गरिएको केन्द्रका इन्जिनियर डिलबहादुर आलेले जानकारी दिए । केन्द्रले आर्थिक वर्ष २०८१र८२ मा विद्युत् लाइन काटेर रु एक करोड २७ लाख १५ हजार सात सय ८६ तथा आर्थिक वर्ष २०८०,८१ मा एक हजार चार सय ३६ ग्राहकको लाइन काटेर रु दुई करोड ६८ लाख ४५ हजार सात सय बक्यौता रकम असुल गरेको थियो । आर्थिक वर्ष २०८२,८३ मा ८७ करोड ७६ लाख १३ हजार सात सय ८७ युनिट विद्युत् बिक्री गरेको छ । विद्युत् बिक्रीबाट रु एक अर्ब एक करोड ११ लाख १२ हजार एक सय २६ आम्दानी भएको इन्जिनियर आलेले बताए ।
सो अवधिमा एक हजार आठ सय ९५ नयाँ मिटर जडान गरिएको छ । ४९ वटा ट्रान्सफर्मर जलेपछि नयाँ ट्रान्सफर्मर जडान गरिएको तथा १० वटा नयाँ लोड सेन्टर थप गरिएको छ ।वितरण केन्द्रअन्तर्गत छ वटा सबस्टेसन, ३० वटा ११ केभी फिडर, १०७ किलोमिटर ३३ केभी लाइन, ९३९ किलोमिटर ११ केभी लाइन, चार हजार तीन सय २८ किलोमिटर ०.४,०.२३ केभी वितरण लाइन तथा ६७३ वटा ट्रान्सफर्मर छन् । वितरण केन्द्रले तनहुँका १० स्थानीय तह, कास्कीको रुपा गाउँपालिकाका वडा नं ३ र ४ का केही भाग, लमजुङको मध्यनेपाल नगरपालिकाका वडा नं १, २, ३, ४ र ५ तथा नवलपुरको बौदीकाली र बुलिङटार गाउँपालिकाका केही भागमा सेवा प्रवाह गर्दै आएको छ ।
वितरण केन्द्रमा स्थायी ६०, दैनिक ज्यालादारी ३७, सेवा करार ३४, गोटागन्ती १९ र सुरक्षाकर्मी २० गरी एक सय ७० जना कार्यरत छन् ।केन्द्रले ११,०.४ केभीका लाइन विस्तार, मर्मत, सम्भार, सुदृढीकरण तथा स्तरोन्नति, आवश्यकताअनुसार विभिन्न क्षमताका लोड सेन्टर थप, ग्राहकलाई भरपर्दो, गुणस्तरीय र विश्वसनीय विद्युत् आपूर्ति तथा नयाँ मिटर जडान र मिटरसम्बन्धी गुनासो व्यवस्थापन गर्दै आएको छ । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशालामा वृक्षारोपण गरिएको छ। कोने घोथाने घोण्डे…







