माननीय शिक्षा मन्त्रीज्यू,
नमस्कार,
रसुवा बाढी प्रभावित क्षेत्रका विद्यालयका धेरै बालबालिका विद्यार्थीहरू अझै पनि हराई रहेका , धेरै बालबालिका अभिभावक बिहिन भएका,शिक्षक कर्मचारीहरू पनि हराई रहेका , मृत्यु भएका, विद्यालय ध्वस्त भएका छन्।
यसलाई शिक्षा तथा खेलकुद मन्त्रालयले छुट्टै तत्कालीन विपद् उद्धार राहत,तथा व्यवस्थापन कार्यान्वयन कार्यविधि बनाएर स्थानीय तह वा शिक्षा विकास समन्वय इकाई मार्फत सोझै प्रभावित विद्यालय बाट डाटा संकलन,खाद्यान्न,लत्ताकपडा पाठ्यपुस्तक,शैक्षिक सामग्री लगायतका को राहत वितरण, बस्ने आवास व्यवस्थापन, मनोचिकित्सा सेवा, तत्काल गर्नु पर्ने, देखिन्छ ।
साथै वैकल्पिक विद्यालय व्यवस्था,बाबु आमा नभएका लागि छात्रावास,अन्य बालबालिकालाई होल्डिङ सेन्टरमा वा नजिक विद्यालय स्थापना लगायत अल्पकालीन तथा दीर्घकालीन व्यवस्था गर्नु हुन अनुरोध छ।,देश भरिका शिक्षक कर्मचारी तथा विद्यालयबाट तत्काल सहयोग संकलन निर्देशन जारी गरी सिधै शिक्षा मन्त्रालयले जम्मा गरेर सम्बन्धित विद्यालयमा पुग्ने गरी पालिका वा शिक्षा इकाई मार्फत पठाउने कार्य तत्कालै गर्नु हुन सबिनय अनुरोध छ ।
कृष्ण प्रसाद आचार्य
प्रधानाध्यापक
विन्ध्यवासिनी मा. वि, पोखरा १६, बाटुलेचौर
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


आगामी असोज २ गतेदेखि आयोजना हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता…







