सन्देश श्रेष्ठ
पोखरा, भदौ १७
गण्डकीमा गोरखा हाबी भएको छ । प्रदेशको राजधानी कास्की भए पनि गण्डकीको सरकार र प्रदेश सभा अर्थात कार्यपालिका र विधायीका दुबैमा गोरखा हाबी भएको हो । गण्डकी प्रदेशको ६ सदस्यीय मन्त्री मण्डलमा मुख्यमन्त्रीसहित ३ मन्त्री गोरखाका छन् । गोरखाबाट सुरेन्द्रराज पाण्डे, नन्दप्रसाद न्यौपाने र फडिन्द्र देवकोटा मन्त्री रहेका हुन् । गोरखा २ को (२)बाट निर्वाचित पाण्डे गण्डकी प्रदेशका मुख्यमन्त्री हुन् ।
पाण्डे नेतृत्वको अन्य दुई प्रभावशाली मन्त्रालय लिएर न्यौपाने र देवकोटा पनि सरकारमै छन् । गोरखा १ को (२)बाट निर्वाचित न्यौपाने भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्राी र गोरखा २ को (१)बाट निर्वाचित देवकोटा उर्जा, जलस्रोत तथा खानेपानी छन् । यी दुबै मन्त्रालय मालदार मन्त्रालय हुन् ।
यसबाहेक गण्डकी प्रदेश सभाको सभामुखमा पनि गोरखाकै कृष्णप्रसाद धिताल छन् । गोरखा १ को (१)बाट निर्वाचित उनी गण्डकीका सभामुख हुन् ।

गण्डकीमा गोरखा हाबी हुँदा प्रदेशको राजधानी कास्कीसहित तनहुँ, म्याग्दी, मनाङ, नवलपुर, लमजुङ र स्याङ्जा जिल्ला मन्त्रीविहीन् छन् ।
गण्डकी सरकारमा एमाले आउट भएपछि देवकोटा ईन
सन्देश श्रेष्ठ
पोखरा, भदौ १७
गण्डकी सरकारमा नेकपा एमाले आउट भएपछि नेपाल समाजवादी पार्टी (नेसपा)का फडिन्द्र देवकोटा ईन भएका छन् । केन्द्रमा समीकरण फेरबदल भएसँगै गण्डकी सरकारबाट एमाले आउट भएपछि सरकार छाडेर बसेका देवकोटा बुधबार सरकारमा ईन भएका हुन् । संघमा एमाले र नेकपाबीच समीकरण बनेर ५ वटा प्रदेशमा सरकार बनिसक्दा पनि गण्डकीमा एमाले सत्तामा टाँसिएर बसेको आरोप लागेपछि गत हप्ता एमालेले सरकार छाडेको थियो । एमालेले सत्ता छाडेको एक हप्ता नपुग्दै देवकोटा पुरानै मन्त्रालय लिएर सरकारमा गएका हुन् ।
जेनजी आन्दोलनमा निर्मम दमन भएको भन्दै नैतिकताका आधारमा तत्कालीन उर्जा, जलस्रोत तथा खानेपानी मन्त्रीबाट राजिनामा दिएका देवकोटा बुधबार मन्त्रीमा नियुक्त भए । राजिनामा दिएको एक वर्ष पुग्न एक हप्ता बाँकी रहँदा उनी मन्त्री पदमा फर्किएका हुन् ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको सिफारिसमा प्रदेश प्रमुख डिल्लीराज भट्टले बुधबार विहान देवकोटालाई मन्त्रीमा नियुक्त गरेका हुन् । लगत्तै ११ः३० सपथ लिएका उनले जिम्मेवारी सम्हालेका छन् । उनलाई पुरानै उर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारी दिईएको छ ।
सरकारबाट एमालेको बहिरगमनसँगै देवकोटाको सरकारमा प्रवेश भएको हो । देवकोटाले पाएको मन्त्रालय एमालेले सम्हाल्दै आएको थियो । एमालेले गत हप्ता सरकार छाडेपछि यो मन्त्रालय कांग्रेसका नन्दप्रसाद न्यौपानेले सम्हाल्दै आएका थिए । तर अब देवकोटाको प्रवेशसँगै न्यौपानेले उर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय छाडेर भौतिक तथा पूर्वाधार मन्त्रीको जिम्मेवारी सम्हालेका छन् ।
जेनजी आन्दोलनमा दमन भएको भन्दै नैतिकताका आधारमा राजिनामा दिएका देवकोटा पुनः मन्त्री भएर सरकारमा फर्किनुलाई आश्चर्यका रुपमा हेरिएको छ । तत्कालीन मुख्यमन्त्री नै अहिलेको मुख्यमन्त्री रहिरहँदा सोहि मन्त्रालयको जिम्मेवारी लिएर फर्किदा उनी आफैमाथि नैतिकताको प्रश्न उब्जिएको छ । तर उनको प्रवेश भएसँगै कांग्रेसका सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकार बलियो बनेको छ । गण्डकीमा पाण्डे सरकारलाई राप्रपाको पनि साथ छ । ६० सदस्यीय गण्डकी प्रदेश सभामा मनाङका स्वतन्त्र सांसद राजिव गुरुङ उर्फ दीपक मनाङे निलम्वनमा रहेकाले ५९ सदस्यीय कायम छ । कांग्रेसको २७ भएकाले राप्रपाको दुई र नेसपाका देवकोटाको साथ रहेकाले पाण्डे सरकारको बहुमत कायम छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, भदौ १७ पोखरा पर्यटन परिषदको अध्यक्षमा हरि भुजेल निर्वाचित भएका…








