डि एन ए प्रोफाईलका लागि जिल्ला प्रहरी कार्यालय,कास्कीले एकिकृत सेवा संचालनमा ल्याएको जनाएको छ ।
रसुवा बाढीका कारण हराएका व्यक्तिहरुको खोजतलास, शव पहिचानका निम्ति नजिकको आफन्तबाट डि एन ए प्रोफाईलिङ्को लागि निवेदन, मञ्जुरीनामा फाराम भर्ने, रगतको नमूना संकलन कार्य यस अघि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट हुने गरेको थियो । तर रगतको नमुना कार्यलाई सहज र सरल बनाउने भन्दै कास्की प्रहरीले आजदेखि आफ्नै कार्यालय परिसरबाट सेवा सुरु गरेको जनाएको हो ।
यस सेवाबाट पिडित आफन्तले सरल रुपमा सेवा पाउन सक्ने अपेक्षा कास्की प्रहरीले गरेको छ ।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रमलाई समयसापेक्ष, व्यावहारिक, जीवनोपयोगी तथा प्रभावकारी बनाउन सातै प्रदेशमा…








