सहारा खेलकुद पत्रकारिता पुरस्कार–२०८३ रोहितराज पराजुलीलाई प्रदान गरिने भएको छ ।
सहारा क्लब पोखराले संचालन गर्दै आएको सो पुरस्कार छनोट समितिको सिफारिसमा उनलाई प्रदान गरिने निर्णय भएको क्लब अध्यक्ष केशवबहादुर थापाले जानकारी दिए ।प्रतिभा छनोट समिति संयोजकमा क्लबका मानार्थ सदस्य नारायण कार्की थिए । सदस्यमा क्लबका सल्लाहकार दीपेन्द्र श्रेष्ठ, नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष माधव बराल, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी अध्यक्ष एमबि आस्था, कास्की जिल्ला खेलकुद विकास समिति अध्यक्ष मिलन गुरुङ, क्लबका निवर्तमान अध्यक्ष केशवराज बराल, क्लब अध्यक्ष केशवबहादुर थापा, वरिष्ठ उपाध्यक्ष पूर्णबहादुर गुरुङ र महासचिव गंगाराज पौडेल थिए ।
फुटबलमार्फत सामाजिक सेवामा क्रियाशील मोफसलको चर्चित सहारा क्लब पोखराले खेलकुद गतिविधिलाई प्राथमिकता दिएर समाचार सम्प्रेषण गर्नेमध्ये एकजना पत्रकारलाई योगदान आधारमा बर्सेनी पुरस्कार प्रदान गर्दै आएको छ ।हाल नयाँ पत्रिका दैनिकमा आबद्ध पोखरा–१ निवासी पराजुली २०६१ सालमा आदर्श समाज दैनिकमा विद्यार्थी पत्रकारिता हुँदै पत्रकारिता यात्रा थालेका हुन् । यसअघि, उनले युवा तथा खेलकुद मन्त्रालयको खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कार, खेलकुद पत्रकार मञ्च गण्डकीको उत्कृष्ट खेल पत्रकार अवार्ड, अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कारसमेत पाइसकेका छन् ।
३०,५२५ रुपैयाँ र सम्मानपत्र रहेको उक्त पुरस्कार क्लबको वार्षिकोत्सव अवसरमा प्रदान गरिनेछ । यसपालि क्लबले पुरस्कार राशिमा वृद्धि गरेको हो । खेल पत्रकारिता विधाको नेपालमै पहिलोपल्ट २०६३ सालमा यो पुरस्कार स्थापना भएको हो । जसबाट यसअघि २० जना खेलकुद पत्रकार सम्मानित भइसकेका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, २० भदौनिशुल्क स्वास्थ्य शिविरलाई अभियानकै रुपमा अघि बढाएको युनाइटेड रेफरेन्स ल्याबोरेटरी…








