पोखरा,भदौ २४
पोखरा महानगरपालिका वडा नं २० आँटिघरमा जन्म भइ हाल पोखरामा बसोबास गर्ने आटिघर पैँगीलामा चेलीबेटी परिवारले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारका लागि १ लाख ८४ हजार ८ सय ६० रुपैयाँ सहयोग गरेको छ ।
परिवारले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको संस्थाकी अध्यक्ष शान्ता गुरुङले जानकारी दिइन्। उनका अनुसार संस्थाको कोषबाट ५५ हजार ५ सय ५५ रुपैयाँ तथा विभिन्न सदस्यहरुबाट संकलित १ लाख २९ हजार ३ सय ५ रुपैयाँ गरी उक्त रकम सहयोग गरिएको हो।
“हामी हरेक वर्ष तीज पर्व मनाउँदै आएका थियौँ । तर यसपटक देशमा आएको विपद्का कारण तीज पर्वका लागि सङ्कलन गरिएको रकमलाई उत्सवमा खर्च नगरी विपद् प्रभावितहरूको राहत तथा सहयोगका लागि प्रदान गर्ने निर्णय गरेका हौँ,” संस्थाकी सचिव बुद्ध गुरुङले भनिन् ।
राष्ट्रिय विपद्को कठिन समयमा बाढी प्रभावित परिवारप्रति सहानुभूति स्वरुप सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग रकम प्रदान गरिएको सचिव गुरुङले उल्लेख गरिन् ।
भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा राहत तथा पुनःस्थापनाका लागि विभिन्न व्यवसायिक संस्था, सामाजिक संघसंस्था तथा सर्वसाधारणबाट सहयोग जुट्ने क्रम जारी छ। सामूहिक रूपमा जुटाइएको सहयोगले प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउनुका साथै पुनःस्थापनाको प्रक्रियामा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, भदौ २५ कास्की जिल्ला भलिबल संघको अध्यक्षमा बुद्ध सिंह चयन…





