तीज मेला स्थगित गरेर टेवानले दियो रसुवा बाढी पीडितलाई १ लाख १ हजार १ सय ११


     एभरेस्ट आवाज    
     भाद्र २४ गते २०८३ मा प्रकाशित




पोखरा, २४ भदौ ।

पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) ले भोटेकाशी बाढीपीडितको राहतका लागि प्रधानमन्त्री राहत कोषमा १ लाख १ हजार १ सय ११ रुपैयाँ जम्मा गरेको छ । भदौ १४ मा आयोजना गर्ने भनिएको तीजको दर खाने कार्यक्रम रद्द गरी संघले उक्त रकम सहयोग गरेको अध्यक्ष शोभा पाण्डेले बताइन् ।

टेवानले तीजकै अवसरमा हरेक वर्ष बाराहीघाटमा आयोजना गर्दै आएको तीज सांस्कृतिक महोत्सव तथा उद्यमी मेला यस वर्ष स्थगित गर्ने निर्णय गरेको छ । ‘यस्तो परिस्थितिमा मेला आयोजना गर्न उपयुक्त नहुने ठानेर पूर्वनिर्धारित कार्यक्रम पनि स्थगित ग¥यौं,’ अध्यक्ष पाण्डेले भनिन्,‘आगामी वर्ष निरन्तरता दिने छौं ।’ बाढीपीडितको उचित व्यवस्थापन, बेपत्ताको खोजी, घाइतेको उपचार र मृतकको परिवारलाई समयमै राहत उपलब्ध गराउन टेवानले सरकारसँग माग गरेको छ । संकटको यो घडीमा सम्पूर्ण नेपाली एकतावद्ध हुन संघले आह्वान गरेको छ ।

बाढीले भोटेकोशी क्षेत्रमा असर पुगे पनि अन्य पर्यटकीय गन्तव्य सुरक्षित रहेकोले विदेशी पर्यटक आउने वातावरण बनाउन सरकारले पहल गर्नुपर्ने अध्यक्ष पाण्डेले बताइन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।