रसुवा बाढी पीडितलाई जोन्टा क्लवको १ लाख ५० हजार राहत


     एभरेस्ट आवाज    
     भाद्र २४ गते २०८३ मा प्रकाशित




पोखरा, २४ भदौ ।
रसुवा भोटेकोशी बाढीपीडितको सहयोगार्थ जोन्टा क्लब अफ पोखराले १ लाख ५० हजार रुपैयाँ राहत प्रदान गरेको छ । क्लबले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा बुझाएको उक्त बराबरको रकमको भौचर जिल्ला प्रशासन कार्यालय, कास्कीमा बुझाएको छ ।
क्लबका अध्यक्ष नेलिसा ठकुरी नेतृत्वको कार्यसमितिका पदाधिकारी एवं सदस्यहरुले सहायक प्रमुख जिल्ला अधिकारीलाई भौचर हस्तान्तरण गरिएको क्लबका सचिव बन्दना कार्की केसीले बताइन् । सो अवसरमा क्लब उपाध्यक्ष सिर्जना भट्टराई, सचिव बन्दना कार्की केसी, कोषाध्यक्ष श्रीविद्या कायस्थसमेतको उपस्थिति थियो । क्लबले अर्को चरणमा समेत राहत लिएर प्रभावित क्षेत्रमा जाने जनाएको छ ।
भदौ १० गतेको अकल्पनीय बाढीका कारण रसुवा, नुवाकोट, धादिङसमेतका जिल्लामा ठूलो मानवीय एवं भौतिक क्षति पुगेको छ । कैयौं घाइते एवं बेपत्ता भएका छन् ।
महिला तथा बालबालिकाको हितमा काम गर्ने गरी ७ वर्षअघि पोखरामा जोन्टा क्लब खुलेको हो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।