पोखराको एक भजन समुहले भजन गाएर संकलन गरेको रकम भोटेकोशी बाढी पीडितलाई सहयोग गरेका छन् ।
भदौं १० गते भोटेकोशी र त्रिशुली नदीमा आएको बाढीबाट प्रभावितलाई पोखरा १६ मा रहेको अमलाबिसौंनी धोविनी पाटन भजन समुहले नगद १० हजार ५ सय रुपैयाँ सहयोग गरेको हो । उक्त रकम समुहका तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा जम्मा गरिएको समुहका संयोजक राजेन्द्र शाही ठकुरीले जानकारी दिए ।विनाशकारी बाढीबाट आफ्नो परिवारसहित सम्पुर्ण गुमाएका परिवारलाई सान्त्वना स्वरुप सानो रकम भए पनि सहयोग गरेको उनले बताए । बिभिन्न धार्मिक कार्यमा भजन गाएर संकलन गरिएको रकम आफ्नो गच्छे अनुसार थोरै नै भए पनि पीडितका लागि पठाईएको उनको भनाई छ ।
समुहले बाढीमा परेर ज्यान गुमाएकाको स्मृतिमा भजन किर्तन समेत गरेर बैकुष्ठ बासको कामना गरेको समेत जनाएको छ । संयोजक ठकुरीले जे जति सकिन्छ , थोरै भए पनि बाढी प्रभावितलाई सहयोग गर्न आग्रह समेत गरेका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, भदौ २५ कास्की जिल्ला भलिबल संघको अध्यक्षमा बुद्ध सिंह चयन…





