पोखराकै प्रतिष्ठित शैक्षिक संस्था कुमुदिनी होम्स माध्यमिक विद्यालयले भदौ १० मा आएको विनाशकारी भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावितका लागि २ लाख ५५ हजार १ सय ७२ रुपैयाँ सहयोग गरेको छ ।
विद्यालय परिवारले सङ्कलन गरेको रकम प्रधानमन्त्री दैवीप्रकोप कोषमा जम्मा गर्नका लागि प्याब्सन कास्कीका अध्यक्षलाई हस्तान्तरण गरेको छ।विद्यालयका विद्यार्थी, शिक्षक, कर्मचारी र प्रशासनको तर्फबाट सो रकम जुटाइएको हो । विद्यार्थीहरुबाट ५१ हजार ४ सय ७५ रुपैयाँ सङ्कलन भएको छ । शिक्षक र कर्मचारीहरुले ९२ हजार ५ सय ८६ रुपैयाँ योगदान गरेका छन् । विद्यालय प्रशासनका तर्फबाट १ लाख ११ हजार १ सय ११ रुपैयाँ थप गरी जम्मा २ लाख ५५ हजार १ सय ७२ रुपैयाँ राहतस्वरूप हस्तान्तरण गरिएको हो ।
यस अघि नै विद्यालयमा क्रियाशील आर.यू. क्लब र कला कर्म क्लबको सक्रियतामा सङ्कलित लत्ताकपडा पोखरा महानगरपालिकालाई हस्तान्तरण गरिसकेको शिक्षक दिपेन्द्र थापा मगरले बताए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, भदौ २५ कास्की जिल्ला भलिबल संघको अध्यक्षमा बुद्ध सिंह चयन…





