हेमजामा शैक्षिक जागरणको दियोको रुपमा लक्ष्मीशरण उपाध्यायलाई स्मरण


     एभरेस्ट आवाज    
     असाेज ८ गते २०८३ मा प्रकाशित




हेमजामा शैक्षिक चेतनाको विकास र विस्तारमा महत्वपूर्ण योगदान पु¥याउने शिक्षासेवी लक्ष्मीशरण उपाध्यायलाई स्थानीय शैक्षिक जागरणका एक प्रेरणादायी व्यक्तित्वका रूपमा स्मरण गरिएको छ।

हेमजा साहित्य प्रतिष्ठानको आयोजनामा शिक्षासेवी, कवि एवम् उत्प्रेरक लक्ष्मीशरण उपाध्याय तथा उनकी धर्मपत्नी राधा उपाध्याय पौडेलको स्मृतिमा ‘लक्ष्मीशरण उपाध्याय व्यक्तित्व र कृति परिचर्चा’ तथा २७४औँ शुभप्रभात काव्यमाला कार्यक्रम वक्ताहरुले शिक्षालाई समाज परिवर्तनको प्रमुख आधारका रूपमा आत्मसात् गर्दै उपाध्यायलाई हेमजाको शैक्षिक विकासमा पु¥याउनुभएको योगदानलाई अहिले पनि प्रेरणाका रूपमा लिने गरिएको बताएका हुन् ।शिक्षाको पहुँच सीमित रहेको समयदेखि नै हेमजामा शिक्षाको आवश्यकता र महत्वबारे चेतना फैलाउन उपाध्यायले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै वक्ताहरुले भने ‘ उहाँका लागि शिक्षा केवल विद्यालयमा पढाइने विषय वा परीक्षा उत्तीर्ण गर्ने माध्यम थिएन। शिक्षा व्यक्तिको चेतना, संस्कार, क्षमता र सामाजिक जिम्मेवारी विकास गर्ने माध्यम हो भन्ने मान्यता उहाँले आत्मसात् गर्नुभएको थियो।’विद्यालयको सीमित पहुँच, आर्थिक तथा सामाजिक चुनौती र अभिभावकमा रहेको शैक्षिक चेतनाको कमीका कारण धेरै बालबालिका शिक्षाको अवसरबाट वञ्चित हुने अवस्था रहेको बेला शिक्षाको महत्व बुझाउने, बालबालिकालाई विद्यालय पठाउन प्रेरित गर्ने र समाजमा शिक्षाप्रतिको सकारात्मक वातावरण निर्माण गर्ने कार्य उपाध्यायको योगदान अतुलनिय रहेको वक्ताहरुले स्मरण गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि स्वतन्त्र पत्रकार संघका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बास्तोलाले लक्ष्मीशरण उपाध्यायले शिक्षा, साहित्य र सामाजिक क्षेत्रमा पु¥याएको योगदानलाई स्मरण गर्दै उहाँको व्यक्तित्व र कृतिबाट नयाँ पुस्ताले प्रेरणा लिनुपर्ने धारणा व्यक्त गरे । उनले साहित्य समाजको चेतना अभिवृद्धि गर्ने सशक्त माध्यम भएको बताउँदै साहित्यिक व्यक्तित्वका योगदानलाई संरक्षण र प्रचारप्रसार गर्नु आवश्यक रहेको उल्लेख गरे ।नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य शंकरमणि त्रिपाठी ‘छन्दमाणिले लक्ष्मीशरण उपाध्यायको साहित्यिक योगदानबारे चर्चा गर्दै उहाँका सिर्जनामा जीवन, समाज र मानवीय संवेदनाका पक्षहरू अभिव्यक्त भएको बताए । उनले साहित्यकारको योगदानलाई केवल कृतिका आधारमा मात्र नभई समाज र साहित्यका क्षेत्रमा पु¥याएको समग्र प्रभावका आधारमा समेत मूल्याड्ढन गर्नुपर्ने धारणा राखे ।कार्यक्रममा समीक्षक तथा साहित्यकार असफल गौतमले लक्ष्मीशरण उपाध्यायको व्यक्तित्व र कृतिका विविध पक्षमाथि समीक्षात्मक धारणा प्रस्तुत गर्दै उपाध्यायको साहित्यिक यात्राका साथै शिक्षासेवा र सामाजिक सक्रियताले उहाँलाई विशिष्ट व्यक्तित्वका रूपमा स्थापित गरेको चर्चा गरे। उापाध्यायका कृतिमाथि थप अध्ययन, अनुसन्धान र चर्चा आवश्यक रहेको पनि गौतमले बताए ।

हेमजा साहित्य प्रतिष्ठानका संस्थापक सचिव कोविदशरण उपाध्यायले प्रतिष्ठानका गतिविधि तथा शुभप्रभात काव्यमालाको निरन्तरताबारे प्रकाश पार्दै नियमित साहित्यिक कार्यक्रममार्फत स्थानीय तथा राष्ट्रिय साहित्यिक गतिविधिलाई जोड्ने प्रयास भइरहेको बताए ।प्रतिष्ठानका पूर्व अध्यक्ष कृष्णप्रसाद पौडेलले लक्ष्मीशरण उपाध्यायसँगका सहकार्य र उहाँका विभिन्न पक्षको स्मरण गर्दै उहाँ शिक्षासेवी मात्र नभई साहित्य तथा सामाजिक क्षेत्रमा समेत सक्रिय प्रेरणादायी व्यक्तित्व भएको बताए । पौडेलले उपाध्यायका योगदानलाई आगामी पुस्तासम्म पु¥याउन यस्ता स्मृति तथा परिचर्चा कार्यक्रम महत्वपूर्ण हुने धारणा राखे ।उपाध्यायका छोरा माधवशरण पौडेलले शिक्षा भनेको केवल अक्षर चिन्ने र प्रमाणपत्र प्राप्त गर्ने विषय होइन, समाजलाई सचेत, संस्कारी र जिम्मेवार बनाउने आधार हो भन्ने मान्यता बुवाले स्थापित गरेको स्मरण गरे ।

कार्यक्रमममा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य शंकरमणि त्रिपाठी ‘छन्दमणि’ र गण्डकी प्रज्ञा प्रतिष्ठनकी प्राज्ञ सदस्य छन्दिकालाई दोसल्ला ओढाई सम्मान पत्रले सम्मान गरिएको थियो।कार्यक्रमा २७४औँ शुभप्रभात काव्यमाला अन्तर्गत विभिन्न स्रष्टाले उापध्यायका कविता वाचन गरेका थिए । कविता वाचन गर्नेमा साहित्यकार वसन्त चालिसे हेम्जा वोर्डिङ स्कुलका विद्यार्थीहरु अपेक्षा केसी, आकृती भण्डारी, पूर्णिमा कुँवर, सामारिका सापकोटा, सुबिक्षा कुँवर, आयुषमा पौडेल तथा ज्ञानसागर एकेडेमीबाट रिदिमा खड्का, रश्मि विक, रोजिना अधिकारी, आदर्शमणि त्रिपाठी रहेका थिए ।हेमजा साहित्य प्रतिष्ठान नेपालका अध्यक्ष सुनिल गायकको अध्यक्षतामा भएको कार्यक्रममा सदस्य दिवाकर पौडेलले स्वागत र कोषाध्यक्ष सोमनाथ गौतम ‘आक्रान्त’ले कार्यक्रम सञ्चालन गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।