भोटेकोशी बाढीबाट प्रभावितको राहत तथा पुनस्र्थापनाका लागि तमु समाज यूकेले प्रधानमन्त्री राहत कोषमा २५ लाख १ हजार १ सय रुपैयाँ सहयोग गरेको छ ।
तमु समाज यूकेको आमा समूहकी संस्थापक अध्यक्ष माया गुरुङको नेतृत्वमा नेपाल आएको टोलीले गृहमन्त्री सुधन गुरुङलाई भेटेर सहयोग रकमको चेक हस्तान्तरण गरेको हो । बाढीपीडितको राहत र पुनस्र्थापनामा सहयोग पुग्ने उद्देश्यले समाजको तर्फबाट प्रधानमन्त्री राहत कोषमा रकम प्रदान गरिएको माया गुरुङले बताइन् । चेक ग्रहण गर्दै गृहमन्त्री गुरुङले विपद्मा परेका नागरिकको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा योगदान गरेकोमा तमु समाज यूकेप्रति आभार व्यक्त गरे । चेक हस्तान्तरणका क्रममा तमु समाज यूकेका प्रतिनिधिले गृहमन्त्री गुरुङलाई खादा, माला, फेटा, भाङ्ग्रा तथा गलवन्दी लगाएर सम्मानसमेत गरेका थिए । टोलीमा तमु समाज यूकेको आमा समूहकी संस्थापक अध्यक्ष माया गुरुङ, समाजसेवी चन्द्रबहादुर गुरुङ, तमु समाज यूकेकी प्रथम महिला विष्णुमति गुरुङ र माया (डोल्मा) गुरुङको टोली नेपाल सहयोग हस्तान्तरणका लागि नेपाल आएको हो ।
सहयोग हस्तान्तरणका लागि आवश्यक व्यवस्थापन समाजकी अध्यक्ष बिन्दुकुमारी गुरुङ, संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ, तत्कालिन अध्यक्ष शिवशरण गुरुङ र कोषाध्यक्ष चन्द्रकान्त गुरुङले गरेका थिए । गृहमन्त्री गुरुङसँगको भेटघाटको समन्वय बोरो अफ स्वीडनका काउन्सिलर ज्ञान गुरुङले गरेका थिए । तमु समाज यूकेले सामाजिक सेवा, समुदायको हित तथा विपद्का बेला सहयोग गर्ने उद्देश्यअनुसार समाजले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ । भोटेकोशी बाढीपीडितका लागि अहिले गरिएको सहयोग पनि त्यही सामाजिक उत्तरदायित्वको निरन्तरताका रूपमा गरिएको हो । समाजले विगतमा पनि नेपालका विभिन्न विपद्का समयमा सहयोग गर्दै आएको छ ।
सोही कार्यलाई निरन्तरता दिदैं समाजले १० भदौमा भोटेकोशी नदीमा आएको बाढी तथा देशका विभिन्न स्थानमा भएका बाढीपहिरोबाट प्रभावित परिवारहरूलाई सहयोग पु¥याउने उद्देश्यले राहत संकलन अभियान सञ्चालन गरेको थियो । अभियानमा समाजका सदस्यहरू, विभिन्न संघसंस्था, कम्पनी तथा शुभचिन्तकहरूले सहयोग गरेको तमु समाज यूके, आमा समूहकी संस्थापक अध्यक्ष माया गुरुङ बताइन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


जापानको इची–नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला कबड्डी खेलमा नेपालले कास्य…






