नेपाली कांग्रेसको १५औँ महाधिवेशनको मिति नजिकिदै आउँदा महाधिवेशन प्रतिनिधीका आकांक्षीहरु पनि बढ्दै गएका छन् ।
भोली शनिबार देशभरका नेपाली कांग्रेसले प्रदेश सभा तथा प्रतिनिधीसभा तर्फको क्षेत्रीय अधिवेशनको मिति तोकेको छ ।सोही दिन महाधिवेशन प्रतिनिधि चयन गर्ने कार्यतालिका पनि रहेको छ। यहि अधिवेशनलाई मध्यनजर गर्दै कास्कीमा पनि क्षेत्रीय सभापतिसहित पदाधिकारी र महाधिवेशन प्रतिनिधीका आकांक्षी बढी देखिएका छन् । कास्की क्षेत्र न। १ को नेतृत्व लिन तीनजना युवाहरु चुनाबी दौडमा लागेका छन । तिन युवाहरुमध्ये हाल क्षेत्रिय सचिब रहेका दुईजना युवा सरोज केसी र ओमप्रसाद गुरुङ एबम पोखरा २६ का वडाध्यक्ष नरेन्द्र थापा रहेको छन । उनीहरुले आआफ्नो उमेदवारी बिभिन्न माध्यमबाट सार्बजनिक गरेका छन ।कास्की क्षेत्र न २ को सभापति बन्नको लागि देबकृष्ण पराजुली, दिनेश आचार्य, शुभाष सिग्देल, टुबराज बाँस्तोला, देवराज आचार्य, नबिन बराल , महेन्द्र अधिकारी र सरोज नारायण बराल सहित ८ जनाले तयारी गरेको कांग्रेस निकट स्रोतले बताएको छ ।
प्रदेश सभा अन्र्तगत क्षेत्र नं. २ को २ मा सभापतिका लागि सुर्वण केसी, शिवराज देवकोटा र पोखरा १६ का वडाध्यक्ष समेत रहेका अमृत शर्मा तिमिल्सीनाले उमेद्वारी दिने तयारी गरेका छन् । क्षेत्र न ३ मा बिष्णुबहादुर क्षत्री र गण्डकी प्रदेशका सांसद एबम प्रमुख सचेतक रहेका प्रकाश बराल बिचमा प्रतिष्पर्धा हुने देखिएको छ। कास्की क्षेत्र नं। २ बाट खुलातर्फ महाधिवेशन प्रतिनिधि पदका लागि शंकरप्रसाद बास्तोलाले उम्मेदवारी घोषणा गरेका छन्। उम्मेदवारी घोषणा गर्दै बास्तोलाले आफ्नो राजनीतिक यात्रा पदका लागि मात्र नभई पार्टी र संगठनप्रतिको निरन्तर जिम्मेवारी र प्रतिबद्धताको यात्रा भएको बताए।वडा तहदेखि नेपाली कांग्रेसको राजनीतिक यात्रा सुरु गरेका बास्तोलाले पार्टीको १३औँ महाधिवेशनमा क्षेत्रीय सचिवको जिम्मेवारी सम्हालेका थिए। उनी नेपाली कांग्रेसका तर्फबाट पोखरा महानगरपालिका–४ को वडाध्यक्षसमेत भइसकेका छन्।
त्यसैगरी, १४औँ महाधिवेशनमा बास्तोलाले गण्डकी प्रदेश महाधिवेशन प्रतिनिधिका रूपमा जिम्मेवारी निर्वाह गरेका थिए।खुल्ला महिलातर्फ लक्ष्मी पाण्डेले पनि उमेद्वारी घोषणा गरेकी छन् । त्यस्तै क्षेत्र नंं ३ बाट खुलातर्फ खिमलाल बास्तोला,पोखरा १९ का वडाध्यक्ष समेत रहेका पुष्पेन्द्र पाण्डे,अन्नपूर्ण गाउँपालिका ४ को वडाध्यक्ष रहेकाआईन्दल गुरुङलगायतले उमेद्वारी दिने बुझिएको छ । सामाजिक सञ्जाल मार्फत धेरैले क्षेत्रीय पदाधिकारी देखि महाधिवेशन प्रतिनिधीसम्ममा आकांक्षा देखाएका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नेपाली कांग्रेसको १५औँ महाधिवेशनको मिति नजिकिदै आउँदा महाधिवेशन प्रतिनिधीका आकांक्षीहरु पनि बढ्दै…






