‘गन्धर्व गुञ्जन’ कार्यक्रम स्थगित, अब असोज २५ मा


     एभरेस्ट आवाज    
     असाेज ९ गते २०८३ मा प्रकाशित




पोखरामा भोलि शनिबार आयोजना हुन लागेको ‘गन्धर्व गुञ्जन’ कार्यक्रम स्थगित भएको छ ।

पोखरा प्रज्ञा प्रतिष्ठानले आज एक सुचना जारी गर्दै अन्तिम समयमा आएर कार्यक्रम स्थगन गर्नुपरेको जनाएको छ ।कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको अवस्थामा मौसममा देखिएको उच्च जोखिम र पोखरा ‘रेड अलर्ट’ जोनमा परेको कुरालाई ध्यानमा राखी कार्यक्रम सञ्चालनका लागि अनुकूल वातावरण नरहेको उल्लेख गरिएको छ । हाल भइरहेको निरन्तर वर्षा तथा प्रतिकूल मौसमका कारण टाढाटाढाबाट आउने सहभागी कलाकार, अतिथि तथा दर्शकहरूको सुरक्षालाई ध्यान दिएर कार्यक्रम स्थगित गर्ने निर्णय गरिएको प्रतिष्ठानका कुलपति सरस्वती प्रतीक्षाले जानकारी दिईन्। स्थगित कार्यक्रम यही असोज २५ गते घटस्थापनाका दिन आयोजना गरिने बताईएको छ ।

कार्यक्रम स्थगनबाट पर्न गएको असुविधाप्रति क्षमायाचना गर्दै प्रतिष्ठानले मौसमको प्रतिकूलताको अवधिभर सुरक्षित रहन तथा उच्च सतर्कता अपनाउनसमेत अनुरोध गरेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।