ल्याण्डमार्कको रक्तदानमा ५४ युनिट संकलन, विदेशीले पनि गरे रक्तदान


     एभरेस्ट आवाज    
     असाेज ९ गते २०८३ मा प्रकाशित




पोखराको लेकसाइडस्थित होटल ल्याण्डमार्कले आयोजना गरेको रक्तदान कार्यक्रमबाट ५४ यूनिट रगत संकलन भएको छ ।

शुक्रबार आयोजित कार्यक्रममा होटलका कर्मचारी सहित होटलमा बसिरहेका विदेशी पाहुनाले पनि रक्तदान गरेका थिए । होटलका वरिष्ठ व्यापार विकास अधिकृत पुष्पराज चालिसेका अनुसार होटलका कर्मचारी, भारतीय र तेश्रो मुलुकका विदेशीले समेत रक्तदान गर्दा ५४ यूनिट रगत संकलन भएको हो। रसुवा भोटेकोशीको बाढीले धेरै घाईते भएको र उनीहरुका लागि रगत आवश्यक पर्न सक्ने अवस्थालाई मध्यनजर गरेर यतिबेला रक्तदान कार्यक्रम गरेको उनले बताए । कार्यक्रमका संयोजक कृष्णप्रसाद पाण्डेले रक्तदानले कोही कसैको जीवन बचाउने भएकोले मानवीय कार्यका लागि अग्रसर बनेको बताए ।

उनले आगामि वर्ष पनि यस्तै कार्यक्रम गरिरहने बताए । रक्तसंचार केन्द्रसँगको समन्वयमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।