सराङकाेट बहुउद्देश्यीय सहकारी संस्था काे २० औ सभा


     एभरेस्ट आवाज    
     असाेज १२ गते २०८३ मा प्रकाशित




समुदायको बिकास सहभागिता उदेश्य राखी स्थापना भएको सराङकाेट बहुउद्देश्यीय सहकारी संस्था को २० औ साधारणसभा समप्न्न भएको छ। स्थापना देखि संस्था ले रेडियो सराङकाेट ,समाजिक सेवा विविध क कार्य सहित सदस्य हरुको आर्थिक सहभागिता मा आर्थिक कारोबार गर्दै आयको छ। सो सभा को शुभारम्भ संस्था का सल्लाहकार भागबत भाष्कर कमल नयन गौतम ले अहिलेसम्म सबैपरिस्थिति मा संस्था जिम्मेवारी का साथ निरन्तर सन्चालन मा रहनु महत्त्वपूर्ण कार्य भएको बताउनु भयो । सो अवसरमा जेष्ठ सदस्य तिर्थ मान प्रदानङ्ग, रेडियो सराङकाेट का समाचार प्रमुख कमल पौडेल अथक , असल सदस्य कारोबारी बाल कृष्ण बराल, शर्मिला जि सि ,बर्ष उत्कृष्ट कर्मचारी पवन श्रेष्ठ ,सदस्य अमृत पोख्रेल उत्कृष्ट विद्यार्थी लगायत लाई संस्थागत सम्मान गरिएको थियोे । पुर्ब अध्यक्ष सल्लाह कृष्ण बहादुर थापा ले संस्था को बिगत देखि बर्तमान समय सम्म आउँदा संस्था को सक्रियता भुमिका बारेमा आफ्नो धारणा राख्नु भएको थियोे । संस्था का अध्यक्ष शिव बहादुर बानिया को सभापत्तिव भएको कार्यक्रम मा पुर्ब अध्यक्ष प्रेमबहादुर जिसि , सुशील राज पराजुली सल्लाहकार शोभियत बहादुर अधिकारी ,ईन्द्रकमल मानन्धर ले सम्मानित गर्दै संस्था को उदेश्य मा सम्पूर्ण सदस्य सकृय हुनुपर्ने बताए । संस्थागत रूपमा प्रस्तत गरिएको सचीव जय राम पौडेल ,कोषाध्यक्ष शिव बहादुर थापा ,लेखा समिति संयोजक कुलप्रसाद सुबेदी, कर्जा असुली संयोजक उपाध्यक्ष राममणि पौडेल ,ब्यबस्थापक सुरेन्द्र थापा ले प्रस्तुत भएको प्रतिबेदन छलफल सहित पारित गरेको छ । ६०० भन्दा बढि सदस्य रहेको संस्था ले यस बर्ष कुल कारोबार १अर्ब ६८ लाख बचत फिर्ता १अर्ब ६७ लाख , कर्जा लगानी ४८ करोड , र शेयर ४ करोड ३६ लाख रहेको ब्यबस्थापक सुरेन्द्र थापा ले बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।