ससरधारा सहकारीको सभा सम्पन्न, १४ जना सम्मानित


     एभरेस्ट आवाज    
     असाेज १७ गते २०८३ मा प्रकाशित




पोखराको लामाचौरमा मुख्य कार्यालय रहेको ससरधारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।

सभाका अवसरमा सहकारीले असल बचतकर्तादेखि उत्कृष्ट कर्मचारीसहित १४ जनालाई सम्मान गरेको छ । सम्मानित हुनेमा असल बचतकर्ता केशबहादुर मगर,पवित्रा दर्लामी मगर,मनकुमारी गुरु,कारोवारी राजकुमार विक,रामबहादुर गैरे,पम्मती पुन,बाल बचतकर्ता एलिसा पुन मगर,उईकल बुढाथोकी, मनोज पुन,पेन्सन बचतकर्ता ग्रिम फगामी पुन,उत्कृष्ट कर्मचारी अञ्जना चौधरी फगामी पुन, ज्योति पुन,उत्कृष्ट बचतकर्ता कमला फकामी र दलबहादुर गर्बुजा पुन रहेका छन् । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि शालिजा मण्डल सम्पर्क समितिका अध्यक्ष दलबहादुर गर्बुजा पुन र सहकारीका अध्यक्ष मनबहादुर फकामी पुनले सम्मान गरे । कार्यक्रममा बोल्दै अध्यक्ष पुनले असल भावनाका साथ संचालन भएको सहकारीले सबैको मन जित्न सफल भएको बताए ।

सहकारीका अध्यक्ष मनबहादुर फकामी पुनको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा १९ का वडा सदस्य दुर्गादेवी बस्नेत,संस्थापक होमबहादुर पुर्जा,सल्लाहकार खिमबहादुर गुरु, नवआदशै सामुदायिक विकास समाजका अध्यक्ष दिनेश भण्डारी, जय गणेश सहकारीका पद्मा राना,सञ्चालक समितिका समिता फकामी पुन,जय मनकामना सहकारीका अध्यक्ष बुद्धिीबहादुर खत्री क्षेत्री, तारादेवी गर्बुजा पुन,चन्द्रबहादुर तिलिजा पुन,लगायतले सहकारीका बिभिन्न पक्षको चर्चा गरेका थिए ।

उपाध्यक्ष गमबहादुर खोर्जा पुनले स्वागत गरेको कार्यक्रमको संचालन सेवा केन्द्र अर्चलबोटका संयोजक खिमबहादुर फकामी मगरले गरेका थिए । सहकारीले पोखरा २ अर्चलवोट र माछापुच्छ्रे १ टुसेमा सेवा केन्द्र संचालन गरेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।