पोखरा, असोज १७
चिप्लेढुंगा सिद्धार्थचोक व्यवसायी समितिले शनिबार सरसफाई गरेको छ । समितिका सदस्यहरुसहित स्थानियको सहभागितामा चिप्लेढुंगादेखि सिद्धार्थचोकसम्मको क्षेत्रमा शनिबार विहान सरसफाई गरिएको हो ।
सँधै सुकिलामुकिला भएर व्यवसायमा व्यस्त यस क्षेत्रका व्यवसायी शनिबार भने भिन्न रुपमा देखिए । कोहि हातमा झाडू बोकेर त कोहि हातमा ग्लोब्स र प्लाष्टिक बाँधेर सडक तथा नालामा रहेका फोहोर हटाउँदै हिंडेका थिए । कोहिचाहिं स्थानियलाई पनि जिम्मेवार बनाउनेभन्दै प्रत्येकको घरघरमा गएर बोलाएर सरसफाईमा सहभागी गराउनुका साथै आगामी दिनमा सडक तथा नालामा फोहोर नफाल्न सम्झाईबुझाई गर्न खटिएका थिए ।

नेपालीको महान चाँड बडादशैं, तिहार, नेपाल सम्वत र छठको पूर्वसन्ध्यामा समितिले सरसफाई आयोजना गरेको समितिका अध्यक्ष दुर्गा सुनारले जानकारी दिए । सरसफाई भयो भने आफू पनि स्वस्थ भईन्छ,उनले भने,‘वातावरण सफा भयो भने ग्राहक पनि आउँछन् । यसले हाम्रो व्यवसाय पनि बढाउँछ अनि स्वास्थ्य पनि राम्रो बनाउँछ भनेर सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यक्रम गरेका हौं ।’ अध्यक्ष सुनारले चिप्लेढुंगा सिद्धार्थचोक क्षेत्रमा गरिएको सरसफाई कार्यक्रमको सिको अन्यले पनि गर्ने अपेक्षा गरिएको बताए । उनले भने,‘यो अभियान सबै ठाउँमा पुगोस् र पोखरा स्वस्थ र स्वच्छ होस् भन्ने हाम्रो चाहना हो ।’
समितिका कोषाध्यक्ष प्रमोद लिगलले घरभित्रको फोहोर घरबाहिर नफाल्न आग्रह गरिएको बताए । यसले फोहोर कम गर्न सघाउ पुग्ने उनले विस्वास व्यक्त गरे ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, १७ असोज । सुरक्षित आप्रवासन कार्यक्रमअन्तर्गत कार्यरत कर्मचारी तथा सूचना तथा…







