पोखरा । नेपाली कांग्रेसको आगामी १५औँ महाधिवेशनमा स्याङ्जा क्षेत्र नं. २ का खुमा प्रसाद अर्यालले गण्डकी प्रदेश खुला कोटातर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ।
वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट अर्यालले नेपाल विद्यार्थी संघ (नेविसंघ)बाट राजनीतिक यात्रा सुरु गर्नुभएको थियो। उहाँले यसअघि पार्टीमा कार्यवाहक कोषाध्यक्ष र आर्थिक संयोजकजस्ता महत्त्वपूर्ण जिम्मेवारी निर्वाह गरिसक्नुभएको छ।
उहाँले पार्टी नेतृत्वमा आफ्नो व्यावसायिक अनुभव भित्र्याउँदै आर्थिक सुशासन, उद्यमशीलताको विकास, शिक्षा, स्वास्थ्य तथा आधुनिकीकृत कृषि क्षेत्रलाई प्राथमिकता दिने बताउनुभएको छ।
अर्याल स्वास्थ्य शिक्षातर्फ भैरहवा मेडिकल कलेज (यूसीएमएस), गण्डकी मेडिकल कलेज पोखरा, नेपालगञ्ज मेडिकल कलेज, लर्ड बुद्ध मेडिकल कलेज र सञ्जीवनी मेडिकल कलेज दाङलगायतका संस्थामा प्रमुख लगानीकर्ता हुनुहुन्छ। यसैगरी स्याङ्जामा आधुनिक पोल्ट्री फार्म, जनकपुरमा लेयर्स फार्म र हेटौँडामा दाना उद्योग सञ्चालनमा उहाँको संलग्नता छ।
उहाँका व्यवसाय तथा उद्यममार्फत हालसम्म १५ हजारभन्दा बढी व्यक्तिले प्रत्यक्ष रोजगारी पाएका छन्। ‘खुमा अर्याल फाउन्डेसन’मार्फत स्याङ्जासहित देशका विभिन्न जिल्लामा शिक्षा, स्वास्थ्य, रोजगारी र खेलकुद क्षेत्रमा सामाजिक कामहरू भइरहेका छन्।
अर्याल यसअघि नेपाली कांग्रेसका तर्फबाट समानुपातिक संविधानसभा सदस्य उम्मेदवारसमेत बनिसक्नुभएको छ। गण्डकी प्रदेश खुला कोटाबाट उहाँको उम्मेदवारीले महाधिवेशनमा प्रतिस्पर्धा तीव्र बनाएको छ।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, २० असोज । गण्डकी अटो मेकानिकल वर्क्स एशोसिएसन, नयाँबजार, पोखराको ३३औँ…







