बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित


     एभरेस्ट आवाज    
     असाेज २१ गते २०८३ मा प्रकाशित




पोखरा महानगरपालिका वडा नं. १६ स्थित बाटुलेचौर महिला कृषक समुहले बिभिन्न क्षेत्रमा योगदान पुर्याएका महिलालाई सम्मान गरेको छ ।

समुहको प्रथम वार्षिक साधारण सभाका अवसरमा उद्यमशीलता, सामाजिक योगदान तथा संस्थाको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेका दिलमाया नेपाली, शान्ति चर्माकार, नानी सुचिकार, शान्ति नेपाली, मञ्जु बस्याल, विमला परियार, मञ्जु सुनार र सन्ध्या नेपालीलाई सम्मान गरिएको हो । उनीहरुलाई पोखरा १६ का वडा सदस्य रामचन्द्र आचार्य र समुहका अध्यक्ष ईश्वरी नेपालीले सम्मान गरे । कार्यक्रममा बोल्दै वडा सदस्य रामचन्द्र आचार्यले महिला सशक्तीकरण, उद्यमशीलता विकास तथा सामुदायिक एकताको सन्देश प्रवाह गर्न संस्था सफल भएको बताए । उनले सामुहिक एकता र भावनाबाट गरिने कुनै पनि कार्य सफल हुने विश्वास व्यक्त गरे ।

सभामा जनप्रतिनिधि मञ्जु बस्याल ,दलित महिला संघ,गण्डकी प्रदेश अध्यक्ष सुमित्रा गायक,दलित महिला संघ, कास्कीका अध्यक्ष लक्ष्मी खाँती, नयाँं किरण कृषि सहकारी संस्थाका अध्यक्ष एकराज नेपाली, अञ्जुली सहकारीका अध्यक्ष भिम गायक, अर्मला साना किसान सहकारी संस्थाकी कोषाध्यक्ष शोभा कार्कीलगायतले संस्थागत विकास, महिला उद्यमशीलता प्रवर्द्धन तथा आर्थिक सशक्तीकरणमा विशेष भुमिका खेल्न सुझाव दिए ।साधारण सभाले अध्यक्षको वार्षिक प्रगति प्रतिवेदन कोषाध्यक्ष ममता परियारले पेश गरेको आर्थिक प्रतिवेदन पारित गरेको छ ।

समूहकी अध्यक्ष ईश्वरी नेपालीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव अमृता सुनारले गरेकी थिईन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।